आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • तालिबानले महिला अधिकार र समावेशीता सम्बन्धी प्रतिज्ञा भङ्‍ग गरिरहेको छ : संयुक्त राष्ट्रसंघ

तालिबानले महिला अधिकार र समावेशीता सम्बन्धी प्रतिज्ञा भङ्‍ग गरिरहेको छ : संयुक्त राष्ट्रसंघ

तालिबानले अफगानिस्तानमा महिला अधिकार र समावेशीता सम्बन्धी आफ्नो प्रतिज्ञा भङ्‍ग गरिरहेको संयुक्त राष्ट्रसंघकी अधिकार प्रमुखले सोमबार बताएकी छिन्।
 |  मंगलबार, भदौ २९, २०७८

एएफपी

एएफपी

मंगलबार, भदौ २९, २०७८

जेनेभा- तालिबानले अफगानिस्तानमा महिला अधिकार र समावेशीता सम्बन्धी आफ्नो प्रतिज्ञा भङ्‍ग गरिरहेको संयुक्त राष्ट्रसंघकी अधिकार प्रमुखले सोमबार बताएकी छिन्। प्रमुख मिशेल बाचेले प्रदर्शनकारीहरू विरुद्धको हिंसा र कथित प्रतिशोधात्मक हत्याको आलोचना समेत गरेकी छिन्।

National life

त्यहाँका सुरक्षा बलका पूर्व सदस्यहरू, अघिल्लो प्रशासनका लागि काम गरिरहेका र पत्रकारहरूलाई घरघरमा पुगेर गिरफ्तारी गर्ने  र यातना दिने गरिएको घटनाको भर्त्सना गरेकी छिन्।  विभिन्न स्थानमा तालिबानका नजरमा शत्रुवत् ठानिएकाहरू मृत अवस्थामा समेत भेटिएका छन्।

उनले जेनेभामा संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्लाई गरेको रेपोर्ट अनुसार कथित कार्यवाहक मन्त्रिपरिषद्को समावेशीताको सवाल केवल प्रचारवाजी मात्र रहेको जसमा महिला र गैर तालिबानको संलग्नता नरहेको बताएकी छिन्। अफगानिस्तानमा तालिबानको सत्ता सुदृढीकरणको लागि गत हप्ता पुरुष वफादारहरूको सरकारको घोषणा एक सैन्य विजयको थप शृङ्खला थियो जसको आशय अगस्ट १५ मा अमेरिका समर्थित प्रशासनको पराजय भएको देखाउनु थियो।

१९९६ देखि २००१ सम्म  क्रूर र दमनकारी शासनका लागि कुख्यात तालिबानले यस पटक त्यसलाई बिर्साउन र लोकप्रियता कमाउन अझ धेरै आश्वासन दिएको छ। तर सरकारका मुख्य नियुक्ति र अन्य विषयले गर्दा उक्त आश्वासनमा शङ्‍का उत्पन्न भएको छ।

गत महिना एक विशेष सत्रका क्रममा अनुरोध गरिएको अधिकार स्थितिको बारेमा काउन्सिल को एक अपडेट मा अधिकार प्रमुखले जोड दिदै भनेकी छिन् धेरैजसो अफगानीहरू दशकौं देखि जारी संघर्ष र विभाजन को अन्त्य हेर्नका लागि उत्सुक थिए।उनले थपिन् ‘उनीहरू देशमा शान्ति र स्थिरता चाहन्छन् जहाँ  आफू र आफ्ना बच्चाहरू बच्चाहरु समृद्ध हुन सकून्।’

Laxmi sunrise bank
kumari

अनले तालीबानीहरूको महिला अधिकार र सम्मानको घोषणाको विषयलाई स्मरण गराएकी छिन् तर पछिल्ला केही हप्तादेखि महिलाहरूले सार्वजनिक सेवाहरू छाडिरहेको विषयले भने उक्त घोषणाको विपरीत गतिविधिहरू देखिएको छ। उनले महिला र  अन्य अधिकारका  विषयलाई सम्बोधन र लागू गर्नका लागि एक प्रभावकारी सम्यन्त्र बनाउन आग्रह गरेकी छिन्।

केही अधिकारवादी समूह र केही देशहरूले यो आशा पनि व्यक्त गरेका छन् कि  अक्टोबर  सम्म चल्ने वर्तमान काउन्सिल ले यस विषयमा थप प्रभावकारी निर्णय लिनेछ।  

प्रकाशित: Sep 14, 2021| 06:56 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।