शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीका ५ जिल्लामा फौजी किराको प्रकोप, खाद्यान्न संकट निम्तिने खतरा

कर्णालीका ५ जिल्लामा फौजी किराको प्रकोप, खाद्यान्न संकट निम्तिने खतरा

कर्णाली प्रदेशका ५ जिल्लामा फौजी किराकोे प्रकोप देखिएको छ। कर्णालीका सुर्खेत, सल्यान, रुकुमपश्चिम, जाजरकोट र दैलेखमा मकै खेतिमा फौजी किराको प्रकोप देखिएको हो।
 |  मंगलबार, जेठ २०, २०७७
nespernesper

देव राना

देव राना

मंगलबार, जेठ २०, २०७७

सुर्खेत - कर्णाली प्रदेशका ५ जिल्लामा फौजी किराकोे प्रकोप देखिएको छ। कर्णालीका सुर्खेत, सल्यान, रुकुमपश्चिम, जाजरकोट र दैलेखमा मकै खेतिमा फौजी किराको प्रकोप देखिएको हो।

triton college

सल्यानको बनगाड कुपिन्डे नगरपालिका, कुमाख, छत्रेश्वरी र कपुरकोट गाउँपालिकाको मकैमा फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र सल्यानका प्रमुख महेश आचार्यले जनाए।

उनका अनुसार रागेचौर, स्थानीपिप्ली, शान्तिनगर, भण्डारखोला, झारकाँडालगायतका क्षेत्रमा फौजी किराको प्रकोप बढी देखिएको छ। फौजी किरा देखिएको क्षेत्रमा झण्डै ८० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ।

त्यस्तै जाजरकोटका सबै स्थानीय तहमा फौजी किरा देखिएको कृषि निर्देशनालय सुर्खेतले जनाएको छ। कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका प्रमुख चित्रबहादुर रोकायका अनुसार जाजरकोटको भेरी, छेडागाड, नलगाड नगरपालिकामा फौजी किराको प्रकोप बढी देखिएको छ।

सुर्खेतको गुर्भाकोट, भेरीगंगा, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिका, रुकुमपश्चिमको चौरजहारी र आठविसकोट नगरपालिकामा फौजी किराको प्रकोप देखिएको छ।

Metro Mart
vianet

मकैमा फौजी किरा, 'नियन्त्रण नगरे ८० प्रतिशतसम्म उत्पादन घट्न सक्छ'

फौजी किरा देखिएको सल्यान, सुर्खेत र रुकुमपश्चिममा नियन्त्रण गर्न असम्भव रहेको निर्देशनालयले भनाइ छ। ‘सुर्खेत र सल्यानमा चैत महिनामा लगाएको मकैमा देखिएको फौजी किरा नियन्त्रणमा चुनौती देखिएको छ’, रोकायाले भने, ‘फौजी किरा चौथो चरणमा पुगिसकेको छ, ती ठाउँमा विषादी प्रयोग गर्दापनि नियन्त्रण गर्न सम्भव छैन।’

फौजी किरा बढ्दै जाँदा विषादीले समेत काम गर्न नसक्ने भएका कारण नियन्त्रणमा चुनौती हुने उनको भनाइ छ।

यद्यपि नियन्त्रणका लागि प्रदेशबाट हरेक जिल्लामा विषादीहरु पठाइसकिएको निर्देशनालयले जनाएको छ। उता दैलेख र जाजरकोटमा भने पुनः मकै लगाउने सल्लाह दिइएको अधिकृत रोकायले जनाए।

‘अझै पनि मकै लगाउन सकिन्छ। भर्खर मकै रोपेका किसानलाई पुनः मकै लगाउन र नियन्त्रण गर्ने विषादी उपलब्ध गराएका छौं’, उनले भने, ‘फौजी किराको प्रकोप नियन्त्रण गर्न सकिएन भने खाद्यान्न संकट निम्तिन सक्छ।’

सल्यान, सुर्खेत, रुकुमपश्चिम, जाजरकोट र दैलेखमा मकै मुख्य खाद्यान्न बाली हो। सुर्खेत, सल्यान र रुकुमपश्चिममा सिचाईं सुविधा भएका क्षेत्रमा मकै खेतिपछि धान लगाइन्छ। मकै खेतिमा देखिएको फौजी किरा नियन्त्रण नभएका ठाउँमा धान खेतिमा समेत फौजी किराको प्रकोप देखिनसक्ने निर्देशनालयको भनाइ छ।

 

प्रकाशित: Jun 02, 2020| 18:39 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।