शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भारतबाट एक सातामै २३ हजार भित्रिए कर्णालीमा, कोरोना परीक्षणको दायरा भने बढेन

भारतबाट एक सातामै २३ हजार भित्रिए कर्णालीमा, कोरोना परीक्षणको दायरा भने बढेन

कर्णालीमा पछिल्लो आठ दिनमा मात्रै २३ हजारभन्दा बढी नागरिक भारतबाट गाउँ फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार जेठ ८ गतेयता कर्णालीमा दैनिक २ हजारभन्दा बढी नागरिक गाउँ भित्रिएका छन् ।
 |  आइतबार, जेठ १८, २०७७
nespernesper

देव राना

देव राना

आइतबार, जेठ १८, २०७७

कर्णाली प्रदेश सरकारले जेठ २ गते सिमानामा नागरिकलाई आरडीटी परीक्षण गर्ने र नेगेटिभ नतिजा आएका सबैलाई सम्बन्धित स्थानीय तहमा पठाउने निर्णय गर्‍यो । जेठ ३ गतेदेखि नेपालगञ्जको रुपैडिया र कञ्चनपुरको गड्डाचौकीबाट नागरिकहरु भित्रन थाले । जेठ ५ गते नै कर्णालीमा पहिलो पटक कोरोना संक्रमित भेटिए, जो भारतबाटै फर्किएका थिए ।

triton college

भारतबाट आउने नागरिकबाट खतराको पूर्वसंकेत देखिए पनि प्रदेश र स्थानीय तहले क्वारेन्टिनसमेत तयार पार्न सकेनन् । जेठ ८ गतेसम्म आइपुग्दा सुर्खेतको भेरीबबई नाकाबाट आरडीटी चेक गर्न नसक्ने गरी नागरिकहरु भित्रन थाले । एकातिर आरडीटी परिक्षण बिना भारतबाट आएकाहरु सम्बन्धित स्थानीय तहमा पुगे । अर्काेतर्फ कोरोना संक्रमित थपिँदै गए ।

जेठ ५ गतेदेखि यो समाचार तयार पार्दासम्म कर्णालीमा कोरोना संक्रमितको संख्या १ सय २३ पुगिसकेको छ । पछिल्लो पटक हप्ता दिनमा मात्रै कर्णालीमा २३ हजार नागरिक कर्णालीमा भित्रिएका छन् । तर परीक्षणको दायरा भने बढ्न सकेको छैन । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हप्ता दिनमै झण्डै ३ हजार जनाको पीसीआर परीक्षण गरिएको छ ।

८ दिनमै २३ हजार फर्किए

कर्णालीमा पछिल्लो आठ दिनमा मात्रै २३ हजारभन्दा बढी नागरिक भारतबाट गाउँ फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार जेठ ८ गतेयता कर्णालीमा दैनिक २ हजारभन्दा बढी नागरिक गाउँ भित्रिएका छन् ।

Metro Mart
vianet

सूचना अधिकारी गोपाल रायमाझीका अनुसार जेठ ८ गते २ हजार २ सय ३४ जना, ९ गते ४८ जना, १० गते २ हजार ९ जना, ११ गते २ हजार २४ जना, १२ गते ४ हजार २ सय ९७ जना र १३ गते ३ हजार २ सय २९ नागरिकहरु भारतबाट गाउँ फर्किएका छन् ।

त्यस्तै जेठ १४ गते १ हजार २ सय ५५ जना, १५ गते २ हजार ६ सय ३८ जना, १६ गते २ हजार १७ जना र १७ गते २ हजार ६ सय ३३ जना नागरिक भारतबाट गाउँ फर्किएका छन् । तर भारतबाट फर्किएका नागरिकको नमुना परीक्षण भने निकै न्यून देखिएको छ ।

‘दैनिक २ हजारको परीक्षण नभए महामारी थेग्न सकिँदैन’

भारतबाट गाउँ फर्कने नागरिकको संख्या बढेसँगै परीक्षणको दायरा बढाउनुपर्ने चिकित्सकको सुझाव छ । ‘अब दैनिक दुई हजार जनाको स्वास्थ्य परीक्षण गर्न सकिएन भने अवस्था भयावह हुन्छ, महामारीलाई थेग्न सकिँदैन,’ प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा. केएन पौडेलले भने, ‘समुदायसम्म कोरोना फैलिन नदिन भारतबाट आएका सबैको अनिवार्य चेकजाँच गर्नुपर्छ ।’

भारतबाट आएकाहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको बताउँदै उनले १४ दिनअघि नै पीसीआर परीक्षण सक्नुपर्नेमा जोड दिए। यस्तै कर्णाली प्रदेश स्वास्थ विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाले पनि कोरोना परीक्षणको दायरा तत्काल बढाउनुपर्ने जनाएको छ ।

‘क्वारेन्टिनमा रहेका सबैलाई तत्कालन परीक्षण गर्न सकिएन भने अवस्था जटिल हुन्छ,’ प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले भने, ‘प्रदेश सरकारसँगै पीसीआर मेसिन थपेर भए पनि र परीक्षणको दायरा बढाउनुको विकल्प छैन ।’ पहिलो चरणमै कोरोना संक्रमण रोक्न नसकेको खण्डमा प्रदेशले ठूलो मूल्य चुकाउनुपर्ने उनको बुझाइ छ ।

‘संक्रमित ठाउँबाट एक्कासि हजारौँ नागरिक गाउँ फर्किए, नागरिकको तुलनामा परीक्षण गर्ने मेसिन र किटको अभाव खट्कियो,’ कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारीले भनिन्, ‘एकै पटक सबै नागरिकको पीसीआर परीक्षण सम्भव छैन ।’

प्रकाशित: May 31, 2020| 13:57 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।