शुक्रबार, कात्तिक ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

फरार बालक पक्राउ, हवल्दारलाई कारबाही

लागुऔषध कारोबारको आरोपमा पक्राउ परि अस्पताल भर्ना रहेका बालक फरार भएकोमा पुन: पक्राउ परेका छन्। अनुसन्धानको क्रममा बिरामी देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
 |  सोमबार, भदौ २८, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

पर्सा- लागुऔषध कारोबारको आरोपमा पक्राउ परि अस्पताल भर्ना रहेका बालक फरार भएकोमा पुन: पक्राउ परेका छन्। अनुसन्धानको क्रममा बिरामी देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

triton college

तर, ती बालक भने शौचालयबाट भागेका थिए। भदौ १६ गते लागुऔषधसहित पक्राउ परेका चितवनको भरतपुर महानगरपालिका-३ का १४ वर्षीय बालक अनुसन्धानको क्रममा बिरामी भएर भदौ २२ गते उपचारको लागि वीरगन्‍जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको थियो।

प्रहरीकै सुरक्षामा उपचार गराइरहेका ती बालकलाई आइतबार बिहान शौचालय लगिँदा त्यहीबाट फरार भएका थिए। फरार बालक भारततर्फ जाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खोजीमा खटिएका प्रहरी टोलीले सोमबार दिउँसो शंकराचार्य गेटबाट पक्राउ परेका हुन्। 

बालकको साथबाट डाईजापाम, फेनारगन र नुर्फिन ७/७ एम्पुल गरी २१ एम्पुल बरामद भएको थियो।  थुनुवा कुरुवा डयुटिमा खटिएका प्रहरी हवलदार सुरेश कुमार कुशवाहालाई सार्वजनिक न्यायविरुद्धको कसूरमा म्याद थप गरी अनुसन्धान तथा आवश्यक कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित: Sep 13, 2021| 18:47 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।