शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाकै सचिव पाउने

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाकै सचिव पाउने

यसअघि गण्डकी र लुम्बिनीका स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाकै सचिव राखिएको थियो। तर बागमतीमा भने प्रशासन सेवाका सचिव ल्याउने निर्णय भएको भन्दै विरोध भएको थियो।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काठमाडौं- बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाकै सचिवको दरबन्दी राखिने भएको छ। प्रदेश सरकारले नवगठित स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाकै सचिवको दरबन्दी सिर्जना गर्ने निर्णय गरेको हो। यसअघि सरकारले प्रशासन सेवातर्फका कर्मचारी सचिव हुने व्यवस्था गरेको थियो। 

National life

यसअघि गण्डकी र लुम्बिनीका स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाकै  सचिव राखिएको थियो। तर बागमतीमा भने प्रशासन सेवाका सचिव ल्याउने निर्णय भएको भन्दै विरोध भएको थियो। 

बागमतीमा एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा नयाँ सरकार गठन भएपछि मन्त्रीलाई भाग पुर्‍याउनका लागि सामाजिक विकास मन्त्रालयलाई फुटाएर स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालय छुट्टाछुट्टै बनाइएको थियो। प्रदेशमा प्रदीप कुमार कटुवाल स्वास्थ मन्त्री बनेका छन्।

यस्तो छ मन्त्रालयको दरबन्दी विवरण

प्रकाशित: Sep 13, 2021| 18:09 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।