आइतबार, भदौ ७, २०८३

२५८ वर्ष पुरानो एक बोत्तल रक्सी १.७ करोडमा बिक्यो

फ्रेन्च कोन्याक रक्सीको एक बोतल बेलायतमा करिब १ करोड ७४ लाख रुपैयाँमा लिलाम भएको छ।
 |  शनिबार, जेठ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १७, २०७७

एजेन्सी-  फ्रेन्च कोन्याक रक्सीको एक बोतल बेलायतमा करिब १ करोड ७४ लाख रुपैयाँमा लिलाम भएको छ।

बुधबार लन्दनको चर्चित लिलाम घर सोदबीमा फ्रेन्च रक्सी कोन्याक १ लाख ४४ हजार ५२५ अमेरिकी डलरमा लिलाम भएको हो।
२५८ वर्ष पुरानो यो रक्सी दुर्लभ मानिन्छ। हाल संसारमा यो रक्सी (गोतिये कोन्याक १७६२) का तीन बोत्तल मात्रै छन्। यि बोत्तल कोन्याकका सबैभन्दा पूराना रक्सी मानिन्छन्। सोदबीले बुधबार लिलाम भएको रक्सीलाई विश्वमै मौजुद सबैभन्दा पुरानो कोन्याक भनेको छ।

बुधबार लिलाम भएको कोन्याक ब्राण्डी

यो एक बोत्तल रक्सी एक परिवारसँग कैयौं पुस्तादेखि बचेको थियो। बोत्तलमा अझै पनि यसको लेबल सुरक्षित छ। फ्रेन्च कम्पनी माइसन गोतिएले बनाएको यो कोन्याक ग्राण्ड फ्रेरे अर्थात बिग ब्रदरको नामले चिनिन्छ। यो संसारमा मौजुद तीन बोत्तलमध्ये सबैभन्दा ठूलो हो। योभन्दा सानो एक बोत्तल फ्रान्सको संग्रहालयमा राखिएको छ भने अर्कोको सन् २०१४ मा न्यूयोर्कमा लिलामी भएको थियो।

सोदबीका मदिरा विशेषज्ञ जोनी फाउलेले भनेका छन्, ‘गोतिए कोन्याकको नाम संसारभरका मदिरा पारखीले सम्मानपूर्वक लिन्छन्। यो बोत्तलमा एउटा शानदार ब्राण्डी मात्र होइन कोन्याकको इतिहासको आसब पनि छ।’

कोन्याक ब्राण्डीको एउटा किसिम हो जो फ्रान्समा वाइनका लागि प्रसिद्ध क्षेत्र कोन्याकमा बनाइन्छ। अंगुरको विशेष प्रजातीबाट निकालिएको ह्वाइट वाइनबाट तयार पारिने कोन्याकका बेग्लाबेग्लै प्रकारमा फल, क्यारामेल, मह, भनिला र मसलाको उपयोग गरिन्छ । यस्ता मसलाबाट बेग्लाबेग्लै स्वादको कोन्याक तयार हुन्छ।

समान्यतया अंगुरको रस निकालिसकेपछि बोतलमा बन्द भएर बजामा पुग्दासम्म दुई वर्ष लाग्छ। र जति धेरै पूरानो यस्को स्वाद उती राम्रो हुँदै जान्छ।

कोन्याको ग्रेडिङमा यो तयार पार्न लागेको अवधिको प्रमुख भूमिका हुन्छ। चार मुख्य ग्रेडमध्ये सबैभन्दा छिटो तयार हुने कोन्याकका लागि दुई वर्षको समय लाग्छ। सबैभन्दा राम्रो मानिने कोन्याक तयार हुन १० वर्ष लाग्छ। यसबाहेक ‘बेयोन्ड एज’ भनिने किसिमको कोन्याकका लागि अवधि तय गरिंदैन।

प्रकाशित: May 30, 2020| 12:40 शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।