मंगलबार, चैत ५, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • कोरोना जोखिम न्यूनीकरण : धनुषाका पालिकाले ३ महिनामै खर्च गरे २२ करोड

कोरोना जोखिम न्यूनीकरण : धनुषाका पालिकाले ३ महिनामै खर्च गरे २२ करोड

नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमण फैलिएपछि २०७६ साल चैत ११ देखि गरिएको लकडाउनका तीन महिनामा नै धनुषाका स्थानीय तहले २२ करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

जनकपुरधाम- नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमण फैलिएपछि २०७६ साल चैत ११ देखि गरिएको लकडाउनका तीन महिनामा नै धनुषाका स्थानीय तहले २२ करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औँ प्रतिवेदनले धनुषाका १८ स्थानीय तहले २२ करोडभन्दा बढी खर्च गरेको पाइएको हो। 

health

धनुषामा एउटा उपमहानगरपालिका, ११ वटा नगरपालिका र ६ वटा गाउँपालिकासहित १८ वटा स्थानीय तह रहेकोमा १८ वटै पालिकाले कोरोनाकालमा राहत उपलब्ध गराउने नाउँमा २२ करोड ४ लाख ७६ हजार ३ सय ५५ रुपैयाँ खर्च गरेको पाइएको हो। पालिकाहरुलले आर्थिक वर्ष २०७६/७७ को चैत देखि असारसम्ममा  क्वारेन्टिन खर्च, मास्क, स्यानिटाइजर, खानालगायतका शीर्षकमा सो रकम खर्च गरेको हो।

कोरोनाकालका तीन महिनामा सबैभन्दा बढी जनकपुरधाम उपमहानगरपालिकाले ३ करोड ५ लाख ७८ हजार ९ सय ३२ रुपैयाँ खर्च गरेको छ। जनकपुरधाम उपमहानगरले राहत वितरणको नाउँमा १ करोड ४६ लाख १६ हजार ४ सय ५० रुपैयाँ खर्च गरेको छ भने क्वारेन्टिन/होल्डिङ्ग सेन्टरबापत ६८ लाख ९१ हजार ५ सय ५९ रुपैयाँ खर्च गरेको छ।

त्यस्तै गणेशमान चारनाथ नगरपालिकाले २ करोड ३२ लाख ७२ हजार ६ सय ६४ रुपैयाँ कोरोनाको नाउँमा खर्च गरेको प्रतिवेदनमा उल्लेख छ। नगराईन नगरपालिकाले १ करोड ७९ लाख ६७ हजार १ सय ९२, सबैला नगरपालिकाले १ करोड ५७ लाख १५ हजार, मिथिला विहारीले १ करोड ४० लाख २९ हजार १ सय ३६, लक्ष्मिनिया गाउँपालिकाले १ करोड ३९ लाख ९१ हजार २ सय २ रुपैयाँ कोरोना महामारीको नाउँमा खर्च गरेको छ।

हंसपुर नगरपालिकाले आव २०७६/७७ मा १ करोड २३ लाख ६९ हजार ५ सय २९ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको हो। हंसपुर नगरपालिकाले १६ लाख भन्दा बढीको मास्क मात्र खरिद गरेको हो। नगरपालिकाले वैदेही कन्स्ट्रक्सन एन्ड सप्लायर्ससँग कपडाको मास्क खरिद गर्दा ३ लाख ७२ हजार ९ सय, ऋद्धिसिद्धि ट्रेडर्सबाट कपडाको मास्क खरिद गर्दा ४ लाख ९७ हजार २ सय, कबिर जेनरल अर्डर सप्लायर्ससँग ८५ हजार २ सय ५८, आदित्य इन्टरनेसनलसँग के एन ९५ मास्क खरिद वापत १ लाख ५४ हजार ५ सय ६०, वैदेही कन्स्ट्रक्सन एन्ड सप्लायर्ससँग पिपिई सेट, मास्क सेनिटाइजर खरिद गर्दा ३ लाख ४१ हजार ७ सय २० रुपैयाँ भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

कमला नगरपालिकाले आव २०७६/७७ मा १ करोड २३ लाख १५ हजार ७ सय ९५ रुपैयाँ कोरोना महामारीमा खर्च गरेको छ। त्यस्तै क्षीरेश्वरनाथ नगरपालिकाले १ करोड १५ लाख ५ सय ५५, विदेह नगरपालिकाले १ करोड १२ लाख ५२ हजार १३, शहिदनगर नगरपालिकाले १ करोड ३ लाख ७८ हजार २३, जनकनन्दिनी गाउँपालिकाले ९६ लाख ७६ हजार ७ सय ८९ रुपैयाँ खर्च गरेको पाइएको छ। 

यस्तै धनुषाधाम नगरपालिकाले ९६ लाख १ हजार ४ सय ६२, मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाले ९४ लाख १९ हजार ७ सय २, धनौजी गाउँपालिकाले ५६ लाख ५० हजार ६ सय, औरही गाउँपालिकाले ५३ लाख ९५ हजार २ सय ५४, मिथिला नगरपालिकाले ५२ लाख ६७ हजार ११ र वटेश्वर गाउँपालिकाले कोरोना महामारीमा २० लाख ९५ हजार ४ सय ९६ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रकाशित: Sep 13, 2021| 17:27 सोमबार, भदौ २८, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।