मंगलबार, असार ३०, २०८३

जितसँगै लिवरकुसन तेस्रो स्थानमा

बुन्डेसलिगा अन्तर्गत गएराति सम्पन्न खेलमा घरेलु टोली एससी फ्राइबर्गलाई हराउँदै बायर लेवरकुसन तेस्रो स्थानमा उक्लिएको छ।
 |  शनिबार, जेठ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १७, २०७७

एजेन्सी– बुन्डेसलिगा अन्तर्गत गएराति सम्पन्न खेलमा घरेलु टोली एससी फ्राइबर्गलाई हराउँदै बायर लेवरकुसन तेस्रो स्थानमा उक्लिएको छ।

२९औं राउण्डको पहिलो खेलमा फ्राइबर्गलाई पाहुना टोलीले १–० को गोलअन्तरले हराएको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा गोल गर्दै लेवरकुसनले जीत निकाल्यो।

जीतका लागि काइ हावेर्तजले गोल गरे। ५४औं मिनेटमा उनले गरेको गोल खेलको निर्णायक गोल बन्यो।

जीतसँगै लेवकुसन ५६ अंक बनाएर दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डभन्दा एक नम्बरले पछि परेको छ। उसको २९ खेलमा १७ जीत र ५ बराबरीका साथ ५६ अंक छ।

हारको सामना गरेको फ्राइबर्ग ३८ अंकका साथ आठौं स्थानमा छ।

प्रकाशित: May 30, 2020| 08:42 शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।