बुधबार, चैत ११, २०८२

निजी विद्यालयमा जेठ २१ गतेदेखि विद्यार्थी भर्ना

सरकारले अनलाइनमार्फत् पठनपाठन गर्ने अनुमति दिएपछि निजी विद्यालयहरुले विद्यार्थी भर्ना लिने भएका छन्।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

काठमाडौं- सरकारले अनलाइनमार्फत् पठनपाठन गर्ने अनुमति दिएपछि निजी विद्यालयहरुले विद्यार्थी भर्ना लिने भएका छन्।

National life

सरकारले बजेटमार्फत् आगामी शैक्षिक सत्रको पठनपाठन अनलाइन तथा विभिन्न दूर शिक्षा प्रणालीबाट गर्न प्रेरित गर्ने घोषणा गरेपछि निजी विद्यालयका संगठनहरुले यही जेठ २१ गतेदेखि विद्यार्थी भर्ना लिने निर्णय गरेका हुन्।

शुक्रबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन-प्याब्सन), अभिभावक महासंघ, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) लगायत संस्थाले संयुक्त विज्ञप्ति जारी गरी विद्यार्थी भर्ना लिनेबारे जानकारी गराएका छन्।

कतिपय निजी विद्यालयहरुले यसअघि नै विद्यार्थी भर्ना नगरेर पनि अनलाइनमार्फत् कक्षाहरु सञ्चालन गर्दै आएका छन्।

लामो समयको लकडाउनका कारण कतिपय विद्यालयले गत वर्षको वार्षिक परीक्षाको नतिजासमेत सार्वजनिक गरेका छैनन् भने कुनै पनि विद्यालयले भर्ना लिन पाएका छैनन्।

Laxmi sunrise bank
kumari

प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ १३ गते राष्ट्रका नाममा गरेको सम्बोधनमा नयाँ शैक्षिक वर्षअन्तर्गतको पठनपाठन सञ्चालनको काम अगाडि बढाउने घोषणा गरेका थिए।

साथै बजेट र सरकारको नीति तथा कार्यक्रममा आगामी वर्षको शैक्षिक गतिविधिहरु भर्चुअल तथा अनलाइनमार्फत् गर्न प्रेरित गरिएको थियो। यीनैका आधारमा निजी विद्यालयहरुले सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना सुरु गर्ने घोषणा गरेका हुन्।

प्रकाशित: May 29, 2020| 19:30 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्