काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर एक हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
२४ घण्टामा जम्मा १६ हजार ५३९ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको सवस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट एक हजार १४९ जना र एन्टिजेन परीक्षणबाट चार हजार ७ जनामा संक्रमण पुष्टि भएको हो। परीक्षणको ९ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा दुई हजार २६० जना कोरोना संक्रमणमुक्त भएका छन्। कोरोनाबाट १६ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा सात लाख ४० हजार ७१७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १० हजार ९६५ जनाको मृत्यु भएको छ।