मंगलबार, असार ३०, २०८३

खेलकुद बजेट १ अर्ब ६३ करोड घट्यो

बजेटमा आउँदो आवका लागि खेलकुदतर्फ सरकारले एक अर्ब ६३ करोड बजेट घटाएर प्रस्तुत गरेको छ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले आज आर्थिक वर्ष (आव) २०७७/७८ को बजेट प्रस्तुत गरिरहेका छन्।

बजेटमा आउँदो आवका लागि खेलकुदतर्फ सरकारले एक अर्ब ६३ करोड बजेट घटाएर प्रस्तुत गरेको छ।

गत आवमा ३ अर्ब ९९ करोड विनियोजन गरिएकोमा यो वर्ष २ अर्ब ३६ करोड बजेट मात्रै छुट्याइएको छ।

बजेटमा उच्च पर्वतीय खेल रंगशाला बनाउन पनि बजेट वितरण गरिएको छ। यस्तै, संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा पूर्वाधारको निर्माण गर्न, खेलकुद आयोजना र प्रशिक्षणका लागि रकम छुट्याइएको छ।

अन्तर्राष्ट्रिय रंगशालाको निर्माण, निर्माणाधीन क्रिकेट रंगशाला र अन्य प्रादेशिक रंगशाला निर्माण गर्न सरकारले आवश्यक रकम विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताएका छन्।

यस्तै, बजेटमा नवौं राष्ट्रिय खेलकुदको सञ्चालन गर्नका लागि रकम विनियोजन भएको छ। कर्णाली प्रदेशमा रष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता हुने गरी पूर्वाधारको विकास गर्ने बजेटमा उल्लेख छ। यस्तै, उच्च पर्वतीय तालिम केन्द्रको स्थापना गर्न र थप कभर्ड हल निर्माण गर्न बजेट व्यवस्था गरिएको छ।

तर, यो वर्षको बजेटमा खेलाडी बीमालगायत खेलाडीलाई प्रोत्साहनका विषय समेटिएका छैनन्। पूर्वाधार र खेलका लागि बजेट विनियोजन भए पनि खेलाडीका लागि बजेट न्यून छ।

प्रकाशित: May 28, 2020| 17:59 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।