मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • कोरोनोका बिरामी बढे पनि प्रिमियर लिगले सामूहिक प्रशिक्षण गर्न दिने

कोरोनोका बिरामी बढे पनि प्रिमियर लिगले सामूहिक प्रशिक्षण गर्न दिने

इंग्लिस प्रिमियर लिग क्लबहरुले कोरोना भाइरस (कोभिड-१९) संक्रमित खेलाडीको संख्या बढे पनि सामूहिक प्रशिक्षण गराउने बताएका छन्।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

इंग्लिस प्रिमियर लिग क्लबहरुले कोरोना भाइरस (कोभिड-१९) संक्रमित खेलाडीको संख्या बढे पनि सामूहिक प्रशिक्षण गराउने बताएका छन्। त्यस्तै सामूहिक प्रशिक्षणका क्रममा एक अर्कालाई सम्पर्क गर्न पाउने भएका छन्।

लिगका तीन क्लबका चार खेलाडीमा कोरानाको संक्रमण देखिएको हो। तेस्रो चरणका एक हजार ८ जनामा कोरोनाको टेस्ट गराइएको मा ४ खलाडी संक्रमित पाइएको हो।

“दोस्रो चरणको खेल पुनः सुरु गर्ने योजनाअन्तर्गत ट्याकलिङ गर्ने अनुमति दिएका छौं। तर खेलाडीले यसको महत्त्वलाई बुझेर अनावश्यक तवरले अन्य खेलाडीको सम्पर्कमा नरहन अनुरोध गरिन्छ,” लिगले जारी गरेको सूचनामा भनेको छ।

प्रिमियर लिगका २० क्लबका २७ सय ५२ टेस्ट भएका छन्। जसमा १२ खेलाडीमा कोरोना संक्रमण देखिएको छ। पहिलो चरणमा प्रिमियर लिगका ९९६ खेलाडीको मंगलबार, बिहीबार र शुक्रबार कोरोना परीक्षण गरिएको थियो।

पहिलो चरणमा परीक्षण गरिएका ७४८ जनामध्ये ६ खेलाडी तथा स्टाफमा कोरोना पुष्टि भएको थियो। जसमा बर्नलीका प्रशिक्षक आयन वोन र वाटफोर्डका एड्रिन मरिअप्पामा पनि कोरोनाको रिपोर्ट पोजेटिभ देखिएको थियो।

त्यस्तै, दोस्रो चरणका प्रत्येक क्लबमा ४० बाट बढाएर ५० टेस्ट उपलब्ध गराइएको थियो। सो परीक्षणबाट दुई जनामा कोरोना पुष्टि भएको थियो भने तेस्रो चरणमा ४ जना खलाडीमा संक्रमण देखिएपछि १२ जना कोरोना संक्रमित देखिएका हुन्।

कोरोना पुष्टि भएका क्लबका खेलाडी एक साता सेल्फ आइसोलेसनमा बस्नुपर्ने भएको छ।

एजेन्सी

प्रकाशित: May 28, 2020| 14:05 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।