आइतबार, चैत ८, २०८२

एशियन जुनियर अनलाइन चेस च्याम्पियसिपमा नेपालका ६ खेलाडी

काठमाडौं– एशियन चेस महासंघको आयोजनामा भएको एशियन जुनियर बाइज एण्ड गल्र्स अनलाइन चेस च्याम्पियनसिप २०२० मा नेपालका तर्फबाट ६ खेलाडीले सहभागिता जनाएका छन्।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

काठमाडौं– एशियन चेस महासंघको आयोजनामा भएको एशियन जुनियर बाइज एण्ड गल्र्स अनलाइन चेस च्याम्पियनसिप २०२० मा नेपालका तर्फबाट ६ खेलाडीले सहभागिता जनाएका छन्।

National life

पुरुषतर्फ अबिश्रे श्रेष्ठ, बिवेक श्रेष्ठ र निकेन कुसथा र गल्र्सतर्फ खुस्बु थापा, अनिषा न्यौपाने र कृतिसरा अधिकारीले प्रतिस्पर्धा गर्ने नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिशा खुम्बुले जानकारी गराएकी छिन्। प्रतियोगिता २७ मे (बुधबार) देखि ४ जुन सम्म संचालन हुने छ।

नोबेल कोरोना भाइरस (कोभिड १९) महामारीका समयमा महासंघले अनलाइन प्रतिस्पर्धा आयोजना गरेको हो। ‘महामारीले बिश्वलाई अक्रान्त बनाइरहेको अवस्थामा सदस्य राष्ट्रका खेलाडीहरुलाई क्रियासिल गराउँदै, मानसिक पीडाबाट मुक्त गराउँदै स्वस्थ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो,’ महासंघले भनेको छ।

प्रतियोगिताको किसिम र प्रकृया

प्रतियोगिता स्विस प्रणाली (नन इलिमिनेटिङ) अन्तर्गत ९ चरणको हुने छ। ३.२ जोन अन्तर्गत हुने प्रतिस्पर्धामा नेपाल लगायत बंगलादेश, पाकिस्तान, श्रीलङ्का र मालदिभ्स गरि ५ राष्ट्रले सहभागिता जनाउने छन्।

Laxmi sunrise bank
kumari

च्याम्पियनसिपमा प्रत्येक देशका तीन पुरुष र तीन महिला खेलाडीहरुको सहभागिता रहने छ। ३.१, ३.२, ३.३, ३.४, ३.६ र ३.७ गरी ६ जोनका छनोट चरणका खेल हुनेछन्। प्रत्येक जोनमा शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरु फाईनल चरणका लागि छनोट हुने छन्।

फाईनल चरण पनि स्विस प्रणालीमा नै ९ चरणको हुने आयोजकले जनाएको छ।

छात्रातर्फ शिर्ष तीन फाईनल चरणका लागि छनोट हुने छन्। खुला जुनियर शिर्ष तीनभित्र पर्ने छात्रा खेलाडीले जुनियर अथवा छात्रा च्याम्पियनसिप फाईनल चरण दुई मध्ये एक छान्न पाउनेछन् र यदि छात्रा च्याम्पियनसिपलाई छनोट गरेमा चौथो स्थान प्राप्त गर्नेे खेलाडी जुनियर फाईनल चरणका लागि छनोट हुने छन्। फाईनल चरण पनि स्विस प्रणाली अन्तरगत ९ चरणकै हुने आयोजकले जनाएका छन्।

समय र नियम

नेपाल रहेको जोनको प्रतियोगिता बंगालादेश समय अनुसार बिहान पौने १० बजेदेखि अपरान्ह २ः४५ बजे सम्म हुने छ। प्रत्येक खेलाडीहरुले प्रतियोगिता सुरु हुनु अगावै अनलाइनमा दर्ता हुनु पर्ने छ।

प्रतियोगिता सुरु भए पश्चात कुनै पनि खेलाडीलाई प्रतिस्पर्धामा सामेल गराईने छैन। खेलाडीहरुले प्रतिस्पर्धा समय सम्म अनलाइनमा नै रहनु पर्ने छ। कुनै पनि खेलाडीहरुले आर्बिटरको अनुमति बेगर आफ्नो कुर्सी छोड्न पाउने छैनन्।

पुरस्कार

विजेतालाई एशियन जुनियर(छात्रा) अनलाइन चेस च्याम्पियनसिप २०२० घोषित गरिने छ। त्यस्तै शिर्ष तीन स्थान प्राप्त गर्नेलाई क्रमशः १५ सय, १ हजार र ५ सय डलर नगद पुरस्कारसहित स्वर्ण, रजत र कास्यको प्रमाण पत्र प्रदान गरिने छ।

महिला तर्फ शिर्ष तीनले ७५०, ५ सय र २५० डलर नगद पुरस्कारका सहित स्वर्ण, रजत र कास्यको प्रमाण पत्र प्राप्त गर्ने छन्।

यस्तै नेपाल चेस संघले बैकल्पिक खेलाडीहरुलाई अनलाइनल मार्फत हुने च्याम्पियनसिपलाई अध्ययन गर्न र अनलाइन मार्फत् नै जुनियर खेलाडीहरुलाई विभिन्न प्रशिक्षण कार्यक्रमका साथै युथ इम्पावरमेन्ट सेमिनार पनि संचालन गरिरहेको छ।

प्रकाशित: May 27, 2020| 19:05 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।