आइतबार, चैत ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सागका ३ पदकधारी पाकिस्तानी खेलाडी डोपिङ टेस्टमा फेल, ४ वर्षको प्रतिबन्ध हुनसक्ने

सागका ३ पदकधारी पाकिस्तानी खेलाडी डोपिङ टेस्टमा फेल, ४ वर्षको प्रतिबन्ध हुनसक्ने

१३ औं दक्षिण एसियाली खेलकुद(साग)मा सम्मिलित पाकिस्तानी खेलाडी डोपिङ टेस्टमा फेल भएका छन्।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा सम्मिलित पाकिस्तानी खेलाडी डोपिङ टेस्टमा फेल भएका छन्।

National life

नेपाल समयसँग कुरा गर्दै स्रोतले भन्यो, ‘यसबारे हामीले सबै कुरा सार्वजनिक गरिसकेका छैनौं। पाकिस्तानको सम्बन्धित निकायलाई खवर गरिसकिएको छ। पाकिस्तानबाट प्रतिक्रिया प्राप्त भएपछि खेलाडीको नाम सर्वजनिक गरिने छ।’

तर, केही पाकिस्तानी मिडियाले स्वर्ण विजेता मोहम्मद नदिम (११०मि. हर्डल) र मेहेबुब अलि(४००मि.) साथै काश्य विजेता सामी उल्लाह(१०० मि.) डोपिङमा फेल भएको जनाएका छन्।

विश्व एन्टि डोपिङ एजेन्सी(वाडा)को नियमअनुसार खेलाडीलाई डोपिङबारे सोधिने छ र ४ वर्षसम्मको प्रतिबन्ध लाग्न सक्नेछ।
सागमा पाकिस्तानले ३२ स्वर्णसहित १३२ मेडल जितेको थियो। प्रतियोगिता अघिल्लो वर्षको मंसिर १५ गतेबाट २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन भएको थियो।

प्रकाशित: May 26, 2020| 19:35 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।