आइतबार, चैत ८, २०८२

कक्षा ११ को ग्रेडवृद्धि र आंशिक परीक्षा असोज ११ गतेदेखि [तालिकासहित]

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि एवम् आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डले आगामी असोज ११ गते देखि १८ गतेसम्म परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि एवम् आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डले आगामी असोज ११ गते देखि १८ गतेसम्म परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो। 

National life

बोर्डले साधारण .(संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरू (रजिष्ट्रेशन नम्बरका शुरुका दुई अङ्क ७६ वा सोभन्दा कम र ७० वा सोभन्दा बढी भएका) को वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको छ।

बोर्डले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी परीक्षा सञ्चालन गर्ने जनाएको छ। यो परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था नगरिने पनि बोर्डले स्पष्ट पारेको छ। परीक्षाको समयमा कुनै आकस्मिक विदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना विना परीक्षा स्थगित नहुने जनाएको छ ।


प्रकाशित: Sep 13, 2021| 13:28 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्