आइतबार, चैत ८, २०८२

बायर्न र डर्टमुन्ड अर्थात् लेवान्डोस्की र हाल्यान्ड

भर्खरै मैदान फर्किएको फुटबलमा आज बेलुकाको खेललाई हेभिवेट खेलका रुपमा हेरिएको छ, जसमा साविक विजेता बायर्न दोस्रो स्थानमा रहेको डर्टमुन्डसँग अंकदूरी बढाउने लक्ष्यमा हुनेछ भने डर्टमन्ड बायर्नसँग नजिकिने दाउमा हुनेछ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

सबै लिग चलिरहँदा बहुप्रतिक्षित खेल हुन्थ्यो रियल मड्रिड र बार्सिलोनाको। यसलाई स्पेनिस भाषामा ‘एल क्लासिको’ भन्ने गरिन्छ। जसको अर्थ ‘महाभिडन्त’ भन्ने हुन्छ।

National life

आज कोरोना महामारीका कारण स्पेनिस लिग स्थगित छ। त्यसैले फुटबलका दर्शकले एल क्लासिको हेर्न अझै केही समय कुर्नुपर्ने छ।

तर, महामारीबीच सुरु भएको छ, जर्मनी लिग बुन्डेसलिगा। र, आजको बहुप्रतिक्षित खेल बनेको छ– सर्वाधिक लिग विजेता बायर्न म्युनिक र अर्को उपाधि दाबेदार बोरुसिया डर्टमुन्डको।

खेल आज (मंगलबार) बेलुका सवा १० बजे सुरु हुनेछ।

भर्खरै मैदान फर्किएको फुटबलमा आज बेलुकाको खेललाई हेभिवेट खेलका रुपमा हेरिएको छ, जसमा साविक विजेता बायर्न दोस्रो स्थानमा रहेको डर्टमुन्डसँग अंकदूरी बढाउने लक्ष्यमा हुनेछ भने डर्टमन्ड बायर्नसँग नजिकिने दाउमा हुनेछ। अंक तालिकामा बायर्न ६१ अंकका साथ डर्टमुन्ड भन्दा ४ अंकले अघि छ।

Laxmi sunrise bank
kumari

खेलको आकर्षण यति मात्र होइन, यसलाई बुन्डेलिगाको निर्णायक खेलका रुपमा पनि हेरिएको छ। यसले महामारीपछि फर्किएको लिगको प्रतिनिधित्व गर्ने विश्वास गरिएको छ।

र, खेलका मुख्य आकर्षणमा भने दुवै टिमका फरवार्ड छन्। ती हुन्– युवा फरवार्ड एर्लिङ ब्रुट हाल्यान्ड (डर्टमन्ड) र रोबर्टो लेवान्डोस्की (बायर्न)।

हाल्यान्डको अर्को परीक्षा

बुन्डेसलिगामा दोस्रो हाफबाट नयाँ आँधी आएको छ। त्यो आँधीको नाम हो– एर्लिङ हाल्यान्ड।

नर्वेजियन हाल्यान्डले जर्मन क्लबमा आएसँगै दुई माइलस्टोन पूरा गरेका छन्। उनले लिगको डेब्यु खेलमै ह्याट्रिक गरेर बुन्डेसलिगामा शानदार डेब्यु गरे। बीच सिजनमा आएर पनि च्याम्पियन्स लिगमा १० गोल पूरा गरे।

दर्शकले उनको यस्तै प्रदर्शनको आशा राखेका छन्। र, क्लबले उनको प्रदर्शनबाट लिगको उपाधि जित्ने अपेक्षा राखेको छ। उनको प्रतिस्पर्धा आज जर्मनकै सर्वाधिक शक्तिशाली क्लबसँग हुँदैछ। तर, जीवनकै टप लिग खेललाई उनले दबाबका रुपमा नलिएको बताएका छन्।

हाल्यान्डले अधिकांश खेलमा डर्टमुन्डलाई निरास बनाएका छैनन्। उनी धेरै गोल गर्नेमा विश्वास गर्छन्। उनको बुन्डेलिगामा गोल हेर्ने हो भने प्रत्येक दुई खेलमा तीन गोल गरेका छन्।

रोबर्ट लेवान्डोस्की

उनले २४ खेलमा २६ गोल गरिसकेका छन्। लेवान्डोस्की जीवनकै उत्पादनशील समयमा रहेको युरोपियन मिडियाले बनाउँदै आएका छन्। उनलाई बायर्नको स्कोरिङ मेसिनका रुपमा हेरिन्छ।

उनले पनि प्रत्येक खेलमा गोल गर्दै आएका छन्। खेलैपिच्छे उनको गोल टुटेको खासै देखिँदैन। उनी धेरै गोल गर्नुभन्दा पनि लामो समयसम्म गोल गरिरहनमा विश्वास राख्छन्।

खेलाडीलाई तौलिँदा

लेवान्डोस्कीले औसत ४ सुटमा एक गोल गर्ने गरेका छन् भने हाल्यान्डले एक गोल गर्न २ सुट खर्च गर्ने गरेका छन्। हाल्यान्डले प्रत्येक ६० मिनेटमा गोल गर्दा लेवान्डोस्कीले एक गोल गर्न ८२ मिनेट लगाउँछन्।

लेवान्डोस्कीले यो वर्ष ४ सुरुवाती गोल गरे। तर, हाल्यान्डले एक मात्र सुरुवाती गोल गरेका छन्।

लेवान्डोस्की सबै तरिकाले गोल गर्न माहिर छन्। उनको दायाँ–बायाँ दुवै खुट्टाको प्रयोगबारे युरोपियन मिडियाले तारिफ गरेका छन्। त्यस्तै हेडर गोल र फ्रिकिकमा पनि लेवान्डोस्कीले हाल्यान्डलाई पछि छोडेका छन्।

यता हाल्यान्ड अहिलेका उम्दा खेलाडी हुन्। करिअर सुरुमै चर्चाको शिखरमा पुगेका केही खेलाडीमा पर्छन्, हाल्यान्ड। उनको जस्तो प्रवेग र युवा जोश बार्यनका कुनै खेलाडीमा देखिँदैन। उनी एकेडेमीबाटै गनिएका खेलाडी हुन्। र, मैदानमा उनको साहास अथाह देखिन्छ।

संयोग नै मान्नुपर्छ, दौड क्षमता भने समान छ। उनीहरुको शीर्ष गति क्षमता समान ३४ किलोमिटर प्रतिघन्टा रहेको छ। यो सय मिटर दौडको विश्व रेकर्डभन्दा तीन किलोमिटर प्रतिघन्टा कम्ती हो।

रेकर्ड ब्रेकर खेलाडी

लेवान्डोस्किले जारी सिजनको पहिलो ११ खेलमा गोल गर्दै रेकर्ड बनाएका छन्। उनले बुन्डेसलिगामा बनाएको नयाँ रेकर्ड हो। त्यस्तै, उनले २३ खेलबाट २५ गोल गर्दै अर्को एक रेकर्डसँग बराबरी गरेका छन्। गियर्ड मुलरको रेकर्डसँग लेवान्डोस्कीले बराबरी गरेका हुन्। उनी बुन्डेलिगाका ४ पटकका शीर्ष गोलकर्ता पनि हुन्।

यता हाल्यान्ड पनि त्यही बाटोमा छन्। उमेर सानै भए पनि उनको रेकर्ड शीर्ष खेलाडीको भन्दा कम छैन। बुन्डेसलिगा डेब्यु खेलमै २३ मिनेटमा ह्याट्रिक पूरा गरे। उनको ह्याट्रिकको संख्या ६ पुगेको छ। उनले पहिलो ६ बुन्डेलिगा खेलमा ९ गोल गरिसकेका छन्।

लेवान्डोस्की र हाल्यान्डको गोल सेलिब्रेसन पनि चाखलाग्दो छ। हाल्यान्डले पछिल्लो खेलमा आफ्नो गोल सेलिब्रेसन गर्न पाएका छैनन्। त्यसैले आजको खेलमा कसले धेरै गोल सेलिब्रेसन गर्ने हो, त्यो हेर्न रातिसम्म कुर्नुपर्ने छ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित: May 26, 2020| 15:26 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।