मंगलबार, असार ३०, २०८३

महिला सुपरकप रद्द हुने अवस्थामा

महिला सुपर लिग र च्याम्पियनसिप भने रद्द हुने अवस्थामा पुगेको छ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

इंग्ल्यान्डमा घरेलु लिग पुरुष फुटबल कोरोना भाइरस (कोभिड-१९)को महामारीबीचमै सुरु हुने तयारीमा छ। यसको शीर्ष दुई लिगले खेल पुन सुरु गर्ने प्रक्रिया अघि बढाउँदै गर्दा खेलाडीहरु सामूहिक प्रशिक्षणमा जुटिसकेका छन्।

तर, महिला सुपर लिग र च्याम्पियनसिप भने रद्द हुने अवस्थामा पुगेको छ। रेलिगेसन, प्रमोसन र अन्य प्राविधिक पक्षको छिनोफानो भने भइसकेको छैन।

इंग्ल्यान्डको शीर्ष महिला फुटबल लिग वुमेन्स सुपर लिग र दोस्रो डिभिजनको च्याम्पियन्स लिगको दुई पक्षीय बोर्डले फुटबल संघ(एफए)लाई केही सिफारिस पठाएको थियो। सिफारिसमा दुवै बोर्डमा खेल क्षेत्रको सबैभन्दा उपयुक्त निर्णय गर्न अनुरोध गरेको थियो।

बोर्डलाई सम्बोधन गर्दै एफएले क्लबहरुबाट भारी प्रतिक्रिया आएको बताएको छ। उसले महिलाको खेललाई प्राथमिकताको साथ हेरेको पनि बताएको छ।

उसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “महिलाको सुपर लिग र च्याम्पियनसिपका क्लबहरुले अब नयाँ सिजनका लागि तयारी गर्नुपर्छ। फुटबल आउँदो सिजन २०२०/२१मा नयाँ उत्साहका साथ फर्किने छ।”

एफएले घुमाउरो भाषामा यो सिजन सकिएको जानकारी दिएको हो। अब क्लबहरुले यो सिजनका लागि महिला फुटबल सकिएको अर्थ लगाएका छन्।

कोरोनाका कारण मार्चबाट रोकिएको सुपर लिगमा अझै ४५ खेल बाँकी छन् भने च्याम्पियनसिपमा ३६ खेल बाँकी छन्। अन्तिम खेल सम्ममा १६ खेल खेलेको म्यान्चेस्टर सिटी ४० अंकका साथ शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको चेल्सी ३९ अंकका साथ दोस्रो स्थानमा छ। त्यस्तै, आर्सनल ३६ अंकका साथ तेस्रो स्थानमा छ।

एजेन्सी

प्रकाशित: May 26, 2020| 11:53 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।