मंगलबार, असार ३०, २०८३

‘कहिल्यै नरिसाउने खेलाडी’ बलवीर सिंहको निधन

भारत स्वतन्त्र हुनुअघिका ‘बलवान’ खेलाडी बलवीर सिंहको निधन भएको छ। हक्कीका पूर्वखेलाडी उनको सोमबार चन्डिगढमा ९६ वर्षको उमेरमा निधन भएको हो।
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

भारत स्वतन्त्र हुनुअघिका ‘बलवान’ खेलाडी बलवीर सिंहको निधन भएको छ। हक्कीका पूर्वखेलाडी उनको चन्डिगढमा ९६ वर्षको उमेरमा सोमबार निधन भएको हो।

उनी पछिल्लो दुई साताबाट फिर्टिस अस्पतालमा भर्ना भएका थिए। उनको आज बिहान ६ बजे निधन भएको भारतीय मिडियाले जनाएका छन्।

उनी मे ८ मा अस्पताल भर्ना भएका थिए। त्यसबेला उनलाई निमोनिया र ज्वरो आएको चिकित्सकले बताएका थिए। त्यस्तै, दिमागमा रगत जमेका कारण उनी मे १८ बाट कोमामा थिए।

उनको निधनमा भारतका प्रधानमन्त्री, गृहमन्त्रीलगायत खेल क्षेत्रका धेरै मानिसले दुःख व्यक्त गरेका छन्।

उनी लगातार तीन ओलम्पिकमा (लन्डन १९४८, हेलन्सिकी १९५२ र मेलबर्न १९५६)मा गोल्ड मेडल जित्ने भारतीय खेलाडी थिए। साथै पद्मश्री सम्मान पाउने भारतका पहिलो खेलाडीसमेत हुन्।

उनले १९५७ मा पद्मश्री पुरस्कार पाएका थिए। सन् १९५६ को ओलम्पिकमा उनको कप्तानीमा भारतले गोल्ड जितेपछि उनलाई सम्मान गरिएको थियो। उनले पाकिस्तानविरुद्ध फाइनलमा भारतलाई जिताएका थिए।

भारतका गल्फका पूर्वखेलाडी अजित पाल सिंहले बरवीर एक मिलनसार र शान्त स्वभावका मानिस रहेको बताएका छन्। उनले भने, “मैले उनीसँग खेल्न त पाइनँ। तर, म खेल्दा उनी हाम्रो टिमका प्रशिक्षक थिए। तीन खेलमा सँगै काम गर्ने मौका पाएको थिएँ। यसकारण मैले उनीबारे जान्ने मौका पाएँ। उनी एकदमै मिलनसार र शान्त स्वभावका र कहिल्यै नरिसाउने मानिस थिए।”

एजेन्सी

प्रकाशित: May 25, 2020| 15:51 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।