मंगलबार, असार ३०, २०८३

कोल्न र डुसलडोर्फको बराबरी

कोल्नको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टोली फोर्टुना डुसलडोर्फसँग २–२को बराबरी खेलेको छ। बुन्डेसलिगा अन्तर्गत रेहेन इनर्जी रंगशालामा सम्पन्न खेलमा दुवै टोलीमा तर्फबाट समान २–२ गोल भएको हो।
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

कोल्नको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टोली फोर्टुना डुसलडोर्फसँग २–२को बराबरी खेलेको छ। बुन्डेसलिगा अन्तर्गत रेहेन इनर्जी रंगशालामा सम्पन्न खेलमा दुवै टोलीमा तर्फबाट समान २–२ गोल भएको हो।

सुरुका दुवै गोल पाहुना टोलीले गरे तापनि घरेलु टिम काल्नले खेलको अन्तिम समयमा पुनरागमन गरेको थियो। डुसलडोर्फका तर्फकाट खेलको ४१ औं मिनेटमा केनम कारामानले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यस्तै खेलको ६१ औं मिनेटमा एरिक थोमीले गोल गरेपछि डुसलडोर्फ दुई गोलको अग्रतामा थियो। लामो समयसम्म यही अग्रता काय गरे तापनि ८८ औं मिनेटमा कोल्नका एन्थोनी मोडेस्टेले गोल गर्दै क्लबलाई फर्ममा ल्याएका थिए।

इन्ज्युरी समयमा जोन कोर्दोबाले घरेलु टिमका लागि दोस्रो गोल गरेपछि दुवै क्बलको समान २–२ गोल भएको थियो।

बराबरीसँगै काल्नको ३४ अंक भएको छ भने डुसलडोर्फको २४ अंक भएको छ। यि क्लब लिगको क्रमशः १० औं र १६ औं स्थानमा छन्।

प्रकाशित: May 25, 2020| 08:22 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।