शुक्रबार, भदौ ५, २०८३

देउवालाई खबरदारी गर्न पौडेल पक्षले डाक्यो छुट्टै भेला

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बेग्लै भेला डाकेको छ।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बेग्लै भेला डाकेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा डाकिएको भेलामा पौडेल पक्षमा रहेका शीर्ष नेता र केन्द्रीय सदस्य उपस्थित हुनेछन्। सभापति शेरबहादुर देउवाले आफ्नो गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवादबीच वडा अधिवेशन सम्पन्न गरेपछि पौडेल पक्ष रुष्ट छ।

देउवाको यस्तो प्रवृत्तिले १४ औं महाधिवेशन निष्पक्ष हुनेमा शंका देखिएकाले खबरदारी गर्न भेला बोलाइएको एक नेताले बताए। मुलुककमा २१ जिल्लामा कांग्रेस क्रियाशील सदस्यता विवाद छ।

भदौ १८ का लागि तय गरिएको वडा अधिवेशन असोज ५ सम्म धकेलिएको छ। बैठकमा क्रियाशील विवाद देखिएका जिल्लामा तत्कालै विवाद हल गर्नका लागि पहल गर्ने विषयमा छलफल हुने एक नेताले बताए।

प्रकाशित: Sep 13, 2021| 08:54 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...