बुधबार, चैत ११, २०८२

तलब, भत्ता नपाए आन्दोलन गर्ने त्रिविका आंशिक शिक्षकहरूको चेतावनी

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा अध्यापन गराउँदै आएका आंशिक शिक्षकहरूले तलब नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा अध्यापन गराउँदै आएका आंशिक शिक्षकहरूले तलब नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

National life

त्रिविले काम गरेको समयको तलब नदिए अनलाइन कक्षा अवरुद्ध गरेर आन्दोलनमा उत्रिने चेतावनी सहितको पत्र आंशिक शिक्षक प्राध्यापक संघले त्रिविलाई बुझाएको हो।

केही शिक्षकहरूले चालु शैक्षिक सत्रको नियुक्ति नपाएको कारणले हाजिरी नभएको र काम गर्दा पनि तलब नपाएकाले ज्ञापनपत्र बुझाउन बाध्य भएको संघले जनाएको छ।

लकडाउन भए पनि त्रिविका सबै केन्द्रीय विभागका साथै केही आंगिक र सम्बन्धन प्राप्त क्यापसहरूले अनलाइनमार्फत् पठनपाठन नियमित गरिरहेका छन्।

अप्ठ्यारो परिस्थितमा नियमित कक्षा गरिरहेका कारण चालु शैक्षिक सत्रमा शैक्षिक भत्तासमेत पाउनुपर्ने उनीहरूको माग छ।

Laxmi sunrise bank
kumari

संघका अध्यक्ष महेशकुमार गजुरेलले भने, “लकडाउनको अवधिभरका लागि हामी शैक्षिक भत्ताको माग गर्दछौं।”

प्रकाशित: May 22, 2020| 11:54 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्