शनिबार, वैशाख २६, २०८३

चट्याङका कारण पाकिस्तानमा १४ को मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका अधिकारीहरुले बताएका छन् ।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काठमाडौं- पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका अधिकारीहरुले  बताएका छन् ।

National life

खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा भएको यो घटनाभन्दा पहिले उक्त क्षेत्रमा परेको मुसलधारे मनसुनी वर्षाका कारण ठाउठाउमा पहिरो जाँदा बुधबारदेखि धेरै क्षति पुर्‍याएको स्थानीय अधिकारीले बताएका छन्। 

प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले भने, ‘चट्याङका कारण सँगै रहेका दाजुभाईका दुईवटा घरहरूमा क्षति पुगेको र सो परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको थियो। मृतकहरूमा पाँच जना केटाकेटी र चार जना महिला रहेका छन्। 

सामान्यतया जूनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुन भारतीय उपमहाद्वीपभरि बाली सिंचाई गर्न र पानीको आपूर्ति पुरा गर्न अत्यावश्यक छ, तर प्रत्येक वर्ष बर्षासँगै आउने बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण भारत, पाकिस्तान लगायतका एशियाली मुलुकमा ठूलो मानवीय तथा भौतिक क्षति हुने गरेको छ। 

सन् २०१९ को नोभेम्बरमा भएको यस्तै घटनामा पाकिस्तानको थार मरुभूमिमा चट्याङका कारण करिब १८ जनाको मृत्यु भएको थियो।  -एएफपी

प्रकाशित: Sep 13, 2021| 07:40 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।