शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • तालिबानको निर्देशन- बालिकाले हिजाब लगाएर पढ्न पाउँछन्, पुरुष शिक्षकले पर्दापछाडिबाट पढाउनू

तालिबानको निर्देशन- बालिकाले हिजाब लगाएर पढ्न पाउँछन्, पुरुष शिक्षकले पर्दापछाडिबाट पढाउनू

अफगानिस्तान कब्जा गरेको तालिबानले त्यहाँका शैक्षिक संस्थालाई लिंगका आधारमा छुट्याउने बताएको छ। साथै सबै विद्यालय र विश्वविद्यालयमा इस्लामी ड्रेस कोड लागू गर्ने घोषणा गरेको छ।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काठमाडौं– अफगानिस्तान कब्जा गरेको तालिबानले त्यहाँका शैक्षिक संस्थालाई लिंगका आधारमा छुट्याउने बताएको छ। साथै सबै विद्यालय र विश्वविद्यालयमा इस्लामी ड्रेस कोड लागू गर्ने घोषणा गरेको छ।

National life

देशका नयाँ उच्च शिक्षामन्त्री अब्दुल बकी हक्कानीले सहशिक्षा अर्थात् केटा र केटी सँगै पढ्ने पद्धतिलाई अनुमति नदिइने बताएका छन्। 

साथै हक्कानीले विश्वविद्यालयमा पढाइ भइरहेका विषयहरुमा पनि समीक्षा गरिने बताएका छन्। 

यसअघि तालिबानको शासन भएको समय (१९९६–२००१) मा पनि अफगानिस्तानका विद्यालय तथा विश्वविद्यालयमा बालिकालाई पढ्न प्रतिबन्ध लगाइएको थियो। 

बालिकालाई महिला शिक्षकले पढाउनुपर्ने शिक्षामन्त्री हक्कानीले बताएका छन्। महिला शिक्षकको अभावमा पुरुष शिक्षकले पर्दा पछाडिबाट पढाउन सक्ने उनको भनाइ छ। प्रविधिको प्रयोग गरेर पनि महिला शिक्षक अभावको समस्या समाधान गर्न सकिने तर्क उनले गरे। 

अब महिलाले अनिवार्य रुपमा हिजाब पहिरिनु पर्नेछ। 

१५ अगस्टमा अफगानिस्तान कब्जा गरेसँगै तालिबानले महिलाहरुलाई शिक्षा र रोजगारीबाट नरोक्ने बताएको थियो। तर, उनीहरुले १५ अगस्टदेखि सार्वजनिक स्वास्थ्य क्षेत्रमा बाहेक सबै महिलाहरुलाई सुरक्षाको स्थितिमा सुधार नभएसम्म कामबाट टाढा रहन आग्रह गरेका छन्।

तालिबानले अफगानिस्तान कब्जा गर्नुभन्दा पहिले विश्वविद्यालयहरु सह–शैक्षिक थिए। पुरुष र महिलाहरुसँगै अध्ययन गरिरहेका थिए। महिला विद्यार्थीहरुले एकै ड्रेस कोड लगाउनुपर्ने थिएन।

प्रकाशित: Sep 13, 2021| 07:37 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।