बुधबार, भदौ १७, २०८३

'महामारीमा पनि सरकार भ्रष्टाचारमा लिप्त'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले महामारीका बेला पनि सरकार भ्रष्टाचारमा लिप्त रहेको बताएका छन्।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले महामारीका बेला पनि सरकार भ्रष्टाचारमा लिप्त रहेको बताएका छन्।

यही जेठ २ गते संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै कोइरालाले कोरोना नियन्त्रणका लागि लाग्नुपर्ने सरकार भ्रष्टाचारमा लागेको आरोप लगाएका हुन्।

नीति तथा कार्यक्रमले कोरोना भाइरस रोकथामलाई प्राथमिकता नदिएको र सरकारले आफ्नै गुणगान गरेको कोइरालाले बताए।

लिम्पियाधुरा र लिपुलेकको विषय नीति तथा कार्यक्रममा समेटिएकोमा सकारात्मक भन्दै कोइरालाले समस्या समाधानका लागि कूटनीतिक पहल थाल्न अनुरोध गरेका छन्।

विदेशबाट फर्किन चाहने नेपालीहरुलाई ल्याउने व्यवस्था गर्न र वैदेशिक रोजगारीबाट फर्किनका लागि ठोस योजना ल्याउन उनले आग्रह गरे।

दैनिक ज्यालादारीमा काम गर्नेहरुका लागि राहतको प्याकेज घोषणा गर्न पनि उनले माग गरे।

कोरोना महामारीको अवधिमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने सुझाव उनले दिए।

प्रकाशित: May 18, 2020| 14:00 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।