बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुर्व्यवहार गर्ने युवकविरुद्ध डा. कार्कीले दिए प्रहरीमा जाहेरी

दुर्व्यवहार गर्ने युवकविरुद्ध डा. कार्कीले दिए प्रहरीमा जाहेरी

आफूमाथि दुर्व्यवहार गर्ने युवक विरुद्ध वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका छन्।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

आफूमाथि दुर्व्यवहार गर्ने युवक विरुद्ध वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका छन्।

दुर्व्यवहार भोगेको चार दिनपछि डा. कार्कीले सोमबार काठमाडौं चन्द्रागिरिका उत्तम कार्कीविरुद्ध परिसरमा जाहेरी दिएका हुन्।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले अभद्र व्यवहार गर्ने कार्कीविरुद्ध सोमबार जाहेरी परेको बताए। कार्कीलाई प्रहरीले आइतबार नै पक्राउ गरिसकेको छ।

हेटौंडाबाट काठमाडौं आउँदै गरेका डा. कार्कीलाई शुक्रबार बिहान ती युवकले नागढुंगामा गाडी रोकेर दुर्व्यवहार गरेका थिए। नागढुंगामै प्रहरीले सवारी पास नबोकेको भन्दै डा. कार्कीलाई रोकेको थियो।

प्रहरी नजिकै रहेका ती युवकले डा.कार्कीको झोला खानतलासी गर्नुका साथै अनधिकृत रुपमा केरकार गरेका थिए। जुन भिडियो सामाजिक संजालयमा भाइरल बनेको थियो। यस कार्यको चौतर्फी आलोचनासमेत भएको थियो।

केही बेरको भनाभनपछि डा. कार्की काठमाडौं नआई हेटौंडा फर्किएका थिए। प्रहरीकै अघि चिकित्समाथि दुर्व्यवहार भएपछि प्रहरीलेसमेत दुई सदस्यीय छानविन समिति गठन गरेको छ।

प्रकाशित: May 18, 2020| 13:08 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।