बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अतिक्रमित भूमि समेटेर नयाँ नक्सा बनाउने घोषणा स्वागतयोग्य : प्रतिपक्षी सांसद

अतिक्रमित भूमि समेटेर नयाँ नक्सा बनाउने घोषणा स्वागतयोग्य : प्रतिपक्षी सांसद

भारतबाट अतिक्रमित नेपाली भूमि समेटेर मुलुकको नयाँ नक्सा बनाउने सरकारी घोषणाको प्रतिपक्षी दलका सांसदहरुले स्वागत गरेका छन्।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

काठमाडौं- भारतबाट अतिक्रमित नेपाली भूमि समेटेर मुलुकको नयाँ नक्सा बनाउने सरकारी घोषणाको प्रतिपक्षी दलका सांसदहरुले स्वागत गरेका छन्।

उनीहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी भूभाग समेटेर नक्सा नक्सा तत्काल सार्वजनिक गर्न माग गरे। आफ्नो देशको नक्सा बनाउन कुनै विदेशीलाई सोध्नु नपर्ने उनीहरुको भनाइ छ।

सरकारको नीति तथा कार्यक्रममाथि संघीय संसद् बैठकमा जारी छलफलमा सम्बोधन गर्दै उनीहरुले मौसमी राष्ट्रवादी नबन पनि सरकारलाई आग्रह गरेका छन्।

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद शशांक कोइरालाले लिम्पियाुरा, लिपुलेक र कालानपानीलगायत नेपाली भूमिको अतिक्रमणबारे नीति तथा कार्यक्रममा उल्लेख हुनु सकारात्मक भएको बताए।

उनले भने, 'तर उच्चस्तरमा सार्थक र परिणाममुखी वार्ता गरेर समास्या मसाधान गर्नका लागि आग्रह गर्दछु।'

महामन्त्री कोइरालाले नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेला पोस्टेट नोट पठाएर कूूटनीतिक पहल थालेको स्मरण गरे।
कांग्रेसकै अर्का सांसद प्रकाशमान सिंहले सरकारले गत नोभेम्बरमा पनि नयाँ नक्सा बनाउने प्रतिबद्धता जनाएको तर कार्यान्वयन गर्न नसकेको बताए। उनले भने, 'कुनै देशको स्वीकृति लिएर होइन, आफ्नै देशले बनाउनुपर्छ।' 

राप्रपाका राजेन्द्र लिंगेदनले नयाँ नक्सा भारत र चीनलाई मात्र सोधेर बनाउनुुपर्छ भन्ने मान्यता पराधीन मानसिकताको उपज मात्र भएको बताए। 

जनता समाजवादीका महेन्द्र राय यादवले मौसमी राष्ट्रवादी नभएर कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न माग गरे।

प्रकाशित: May 18, 2020| 13:00 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।