आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नीति तथा कार्यक्रम आत्मप्रशंसा मात्रै : डा. महत र भट्टराई

नीति तथा कार्यक्रम आत्मप्रशंसा मात्रै : डा. महत र भट्टराई

पूर्व अर्थमन्त्री डा रामशरण महत र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सकारको नीति तथा कार्यक्रमलाई आत्मप्रशंसाको दस्तावेज भनेका छन्।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा।रामशरण महतले सरकारको नीति तथा कार्यक्रमलाई आत्मप्रशंसा र सरकारको कमजोरी लुकाउने दस्ताबेज भनेका छन्।

नेपाल समयसँग कुरा गर्दै डा महतले सरकारले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रम जनताप्रति उत्तरदायी नभएको आरोप लगाए । उनले भने, विगतका वर्षहरुमा आइसकेका कार्यक्रमहरुको संगालो हो, यसमा केही नयाँ छैन।’

नीति तथा कार्यक्रममा आगामी वर्ष सरकारले कस्तो उपलब्धी हासिल गर्ने छ भन्ने कुरा समेटिनु पर्ने थियो तर त्यही नभएको उनको भनाई छ।

नीति तथा कार्यक्रम ल्याउँदा कुनै पक्षसँग छलफल नगरेको भन्दै डा महतले सरकारले आफ्नै नेता तथा कार्यकर्तालाई मात्र समेटेको बताए।

उता अर्थमन्त्री समेत रहिसकेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रदेश र स्थानीय तहले बनाउने खालका कार्यक्रम वाचन गरी नीति तथा कार्यक्रममा संघीयताको धज्जी उडाएको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै जनता समाजवादी पार्टीका नेतासमेत रहेका भट्टराईले सरकारको नीति तथा कार्यक्रमको आलोचना गरेका हुन्।

उनले भनेका छन्, 'अहिलेसम्मकै सम्भवत: सबभन्दा लामो सरकारी नीतिरकार्यक्रममा निकै आत्मप्रशंसा,केही सपना र अतिधेरै इच्छा-सूची रापद्वारा वाचन गराइयो! प्रदेश र स्थानीय तहका कार्यक्रमसमेत संघबाट वाचन गरेर संघीयताको धज्जी उडाइयो।कसैले भनै झैं सबैथोक गर्छु भन्नु केही पनि नगर्नु हो। हामी कहिलेसम्म मूर्ख बन्ने?'

प्रकाशित: May 15, 2020| 20:15 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।