आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लिपुलेकलगायत अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरिने

लिपुलेकलगायत अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरिने

लिम्पियाधुरा, लिपुलेक, कालापनी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा प्रकाशन गर्ने भएको छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं- सरकारले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक, कालापनी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा प्रकाशन गर्ने भएको छ।

सरकारको नीति तथा कार्यक्रममा भारतबाट अतिक्रमित यी भूमि नेपालकै रहेको उल्लेख छ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, 'ऐतिहासिक सन्धी नक्सा, तथ्या तथा प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट मित्र राष्ट्र भारतसँगको सीमा सम्बन्धमा विगत लामो समयदेखि बाँकी रहेका र समय समयमा उठिरहेका विषयहरुको समाधान गरिनेछ। लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिनेछ। तदअनुरुप नै छुटेको भूमि समावेश गरी नेपालको नक्सा जारी गरिनेछ।।'

उनले सामाजिक आर्थिक विकासका लागि आर्थिक कूटनीतिलाई जोड दिइने बताइन्।

प्रकाशित: May 15, 2020| 18:49 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।