आइतबार, भदौ ७, २०८३

मेलम्ची खानेपानीको आश्वासन यो वर्ष पनि

२०५१ सालको मध्यावधि चुनावमा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनाव जिते ‘काठमाण्डौंको सडक मेलम्चीको पानीले पखालिदिने बाचा गरेका थिए।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

राष्ट्रिय गौरवको आयोजनामध्येको एक हो, मेलम्ची खानेपानी आयोजना। २०५१ सालको मध्यावधि चुनावमा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनाव जिते ‘काठमाण्डौंको सडक मेलम्चीको पानीले पखालिदिने बाचा गरेका थिए।

मेलम्ची आयोजना वि.सं. २०५८–०५९ मा सुरु भएको थियो। तर, अहिलेसम्म पनि पूरा हुन सकेको छैन।

देशमा बनेका हरेक सरकारको बजेटमा मेलम्ची खानेपानी आयोजनाले स्थान पाउने गरेको छ। तर, झण्डै दुई दशक हुँदासमेत मेलम्चीको पानी काठमाडौंबासीले पिउन पाएका छैनन्।

केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकारले पनि आफ्ना सबै नीति तथा कार्यक्रम र बजेटमा मेलम्चीको चर्चा गरेको छ।

२०७५ सालको नीति तथा कार्यक्रममा पनि सरकारले मेलम्ची खानेपानी आयोजना आगामी वर्षभित्र पूरा हुने बाचा गरेको थियो।

यसैगरी २०७६ सालको नीति तथा कार्यक्रमको बुँदा नम्बर ५१ मै मेलम्ची खानेपानी आयोजना आगामी वर्षमा सम्पन्न गर्ने जनाइएको थियो।

र, आज संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा समेत मेलम्ची खानेपानी आयोजना आगामी वर्षमा प्ररा हुने उल्लेख गरिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी छिट्टै पूरा गरिने बताइन्। उनले पहिलो चरणको मेलम्ची खानेपानी आयोजनाको काम सकेर आगामी वर्ष याङग्री र लार्के दोस्रो चरणको काम सुरु गरिने बताइन्।

 

प्रकाशित: May 15, 2020| 18:45 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।