आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रिवि अस्पताललाई नेफ्रोलोजी तथा युरोलोजी केन्द्र बनाइने

त्रिवि अस्पताललाई नेफ्रोलोजी तथा युरोलोजी केन्द्र बनाइने

त्रिवि शिक्षण अस्पताललाई आगामी आर्थिक वर्षदेखी नेफ्रोलोजी तथा युरोलोजी केन्द्रका रुपमा स्थापना गरिने भएको छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं - त्रिवि शिक्षण अस्पताललाई आगामी आर्थिक वर्षदेखी नेफ्रोलोजी तथा युरोलोजी केन्द्रका रुपमा स्थापना गरिने भएको छ।

आज संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले शिक्षण अस्पताललाई नेफ्रोलोजी तथा युरोलोजी केन्द्रको रुपमा स्थापना गरिने र यी सेवालाई सबै प्रदेशमा विस्तार गर्दै लैजाने बताइन्। शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवा भने प्रारम्भ भइसकेको छ।

साथै कान्ति बाल अस्पताललाई बालरोगका विभिन्न विधामा उच्च शिक्षाको अध्ययन गर्ने केन्द्रका रुपमा विकास गर्ने सरकारले जनाएको छ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर तथा शहिद गंगालाल राष्ट्रिय हृदयकेन्द्रमा बाल मुटुरोगको परीक्षण, पहिचान तथा उपचार गर्ने संस्थागत व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित: May 15, 2020| 18:30 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।