आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ३०० पुल बनाइने, काठमाडाैं-निजगढ द्रुत मार्ग तीन वर्षभित्र

३०० पुल बनाइने, काठमाडाैं-निजगढ द्रुत मार्ग तीन वर्षभित्र

सरकारले आगामी आर्थिक वर्षमा ३०० पुल पक्की निर्माण गर्ने भएको छ । मदन भण्डारी राजमार्ग पाँच वर्षभित्र पूरा गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

सरकारले आगामी आर्थिक वर्षमा ३०० पुल पक्की निर्माण गर्ने भएको छ । मदन भण्डारी राजमार्ग पाँच वर्षभित्र पूरा गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै उक्त राजमागर्कको झापा धरान खण्डमा आवश्यक पुल बनाइनेछ भने  पूर्व पश्चिम राजमार्गलाई चारलाइनको द्रुत बनाइने नीति तथा कर्यक्रममा उल्लेख छ । काठमाडौं निजगढ द्रुत मार्ग आगामी तीन वर्ष पूरा गरिनेछ।

आगामी आर्थिक वर्षमा उक्त द्रुतमार्गमा जटिल प्रकृतिका पुल र सुरुङ बनाइनेछ। मध्यपहाडी ३०० किमि, हुलाकी राजमार्गको २००, कालीगण्डकी ९० किमि सडक कालोपत्र गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै कोसी र कर्णाली कोरिडोरको स्तरोन्नति गरिनेछ भने नागढुंगामा एक किमि सुरङ बनाइनेछ। सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा सुरुङ निर्माण गरिने, बेत्रावती, स्याफ्रु -गुर्जेभन्ज्याङमा सुरुङ निर्माण गरिने नीति तथा कार्यक्रममा छ।

प्रकाशित: May 15, 2020| 18:13 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।