आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गत वर्ष नै लागू भइसकेको योजना यस पटकको नीति तथा कार्यक्रममा

गत वर्ष नै लागू भइसकेको योजना यस पटकको नीति तथा कार्यक्रममा

संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नो देश’ नारासहितको अभियान प्रस्तुत गरेकी छिन्।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नो देश’ नारासहितको अभियान प्रस्तुत गरेकी छिन्।

राष्ट्रपति भण्डारीले उक्त अभियान सरकारले सञ्चालन गर्ने जनाएकी छन्। उक्त अभियानको चर्चा गत वर्षको नीति तथा कार्यक्रमको बुँदा नम्बर १७० मा पनि गरिएको थियो।
यस पटकको पनि नीति तथा कार्यक्रममा राष्ट्रपतिले जानकारी गराएको उक्त योजना गत वर्षदेखि नै लागू भइसकेको छ। उक्त अभियान अन्तरगत शिक्षक भर्ना प्रक्रिया पनि खुलिसकेको छ।

शिक्षक स्वयम्सेवक परिचालन कार्यविधि २०७६ बनाई २०७६ माघ २९ मै मन्त्रालयबाट स्वीकृत भइसकेको छ। उक्त कार्यविधिमै त्यो नारा समावेश गरिएको छ।

 

प्रकाशित: May 15, 2020| 18:05 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।