आइतबार, भदौ ७, २०८३

सघन खेती प्रणालीलाई प्राथमिकता

सरकारले नीति तथा कार्यक्रममा सघन खेती प्रणाली कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

सरकारले नीति तथा कार्यक्रममा सघन खेती प्रणाली कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ। यसका लागि आवश्यक पर्ने सिँचाइ र बिउको विस्तार भइसकेको दाबी सरकारको छ।

यस्तै कृषि उत्पादन वृद्धि भई खाद्यसुरक्षाको स्थितिमा सुधार आएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन्। उनले भनिन्, 'कृषि क्षेत्रमा आधुनिकीकरण यान्त्रीकरण र विश्ष्टिीकरण गरी उत्पादनमा जोड दिइनेछ।'

उनले आन्तरिक उत्पादनलाई प्रोत्साहनका लागि अभियान चलाइने बताइन्। यस्तै प्रशोधित खाद्य वस्तु निर्यात गरिने नीति सरकारले तय गरेको छ।

प्रधानमन्त्री कृषि योजनालाई परिमार्जन गरी देशभर नै पुर्याइनेछ भने एक स्थानमा एउटै बालीको खेती गरी कृषि वस्तुको उत्पादनमा जोड दिइनेछ।

यस्तै हरेक किसानलाई स्थानीय तहमार्फत सूचीकरण गरिने नीति सरकारले अघि सारेको छ। कृषि अनुसन्धानसम्बन्धी विद्यमान संरचनालाई स्तरोन्नति गरिने नीति तथा कार्यक्रममा समेटिएको छ।

प्रकाशित: May 15, 2020| 17:38 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।