आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जिल्ला प्रशासनले जारी गरेका सबै सवारी पास खारेज, अब के हुन्छ ?

जिल्ला प्रशासनले जारी गरेका सबै सवारी पास खारेज, अब के हुन्छ ?

कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि मुलुक लकडाउन हुँदा अत्यावश्यक सवारीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेका सबै सवारी पास आज (शुक्रबार) देखि खारेज भएका छन्।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं- कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि मुलुक लकडाउन हुँदा अत्यावश्यक सवारीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेका सबै सवारी पास आज (शुक्रबार) देखि खारेज भएका छन्।

यसअघि अत्यावश्यक सेवाका सवारी साधनका लागि जिल्ला प्रशासन कार्यालयले पहेँलो रंगको पास उपलब्ध गराएको थियो।

जिल्ला प्रशासन कार्यालयले सवारी पास सम्बन्धी केही फरक व्यवस्था गरेको छ।

शुक्रबार साँझ जारी गरिएको सूचनाअनुसार अब कतिपय अत्यावश्यक सेवाका सवारीका लागि पास आवश्यक पर्ने छैन भने पास आवश्यक पर्ने सवारी साधनलाई निलो रंगको पास उपलब्ध गराइने छ।

सूचनाअनुसार एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्रीहरु, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु, पेट्रोलियम पदार्थ, ग्याँस, सबै प्रकारका खाद्य वस्तु, पशंपक्षी जन्य आहारा, खसी बोका, राँगा, कुखुरा, माछा, तरकारी, फलफूल, निर्माण सामग्रीहरु बोकेका सवारी साधनलाई पास आवश्यक पर्ने छैन।

सवारी पास आवश्यक पर्ने व्यक्ति तथा संस्थाहरुले आ–आफ्नो नियामक निकायहरुमा सम्पर्क गर्न सकिनेछ। सञ्चारकर्मीहरु तथा मिडिया हाउसहरुले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नियामक निकाय नतोकिएकाको हकमा काठमाडौं जिलल प्रशासन कार्यालयले पास उपलब्ध गराउने छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार यसअघि जारी ई पास तथा पहेँलो पास खारेज गरिएको छ भने शुक्रबारदेखि निलो पास जारी गरिएको छ।

सवारी पास बिना कसैलाई पनि काठमाडौं छिर्न नदिने र पैदल यात्रुलाई पनि काठमाडौं प्रवेश गर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत मान बहादुर बुढाले जनाए।

काठमाडौंका मूल सडक, भित्री सडक तथा गल्लीहरुमा विभिन्न बाहनामा मानिसहरुको अनावशयक भिड बढिरहेको भन्दै त्यसरी भिड गरेको पाइए प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्नेसमेत जनाइएको छ।

प्रकाशित: May 15, 2020| 17:37 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।