आइतबार, भदौ ७, २०८३

'निरोगी नेपाल' निर्माण सरकारको मूल स्वास्थ्य नीति

राष्ट्रपति विद्यादेवी भण्डारीले निरोगी नेपाल निर्माण सरकारको मूल स्वास्थ्य नीति भएको बताएकी छन् ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले निरोगी नेपाल निर्माण सरकारको मूल स्वास्थ्य नीति भएको बताएकी छन् ।

शुक्रबार संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

नेपालीको रोग प्रतिरोधी क्षमता वृद्धि गर्न निरोधात्मक कार्यक्रम सञ्चालन गरिने तथा स्वास्थ्य सेवामा प्रतिरोधात्मक तथा उपचारात्मक विधि अपनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

मुलुकभरका ६ सय ७१ स्थानीय तहका वडाहरुमा पूर्ण खोप सेवा उपलब्ध वडा घोषणम गरिएको उनले बताइन् । साथै आगामी वर्ष सरकारले बाँकी सबै स्थानीय तहका वडाहरुमा पूर्ण खोप सेवा पुर्याउने जनाइएको छ ।

आधारभूत स्वास्थ्य सेवा नभएका स्थानीय तहका थप २ हजार ६ सय २६ वडाहरुमा पूर्वाधार निर्माण र सेवाहरु उपलब्ध गराइएको राष्ट्रपति भण्डारीले बताइन् ।

आगामी वर्ष स्थानीय तहका वडामा रहेका स्वास्थ्य संस्थाको सेवाको गुणस्तर वृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। भूगोल र जनसंख्याको आधारमा हरेक स्थानीय तहमा ५ देखि १५ शैयासम्मको आधारभूत अस्पताल स्थापना र स्तरोन्नति गरिनेछ ।

प्रदेश स्तरमा रहेका साविकका जिल्ला अस्पताललाई २५ देखी ५० शैयाको अस्पताल र अञ्चल अस्पताललाई २ सय शैयाको जनरल अस्पतालमा स्तरोन्नती गरिने छ ।

प्रकाशित: May 15, 2020| 17:29 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।