आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा आज सफाइ कर्मचारीको कोरोना परीक्षण गरिँदै

काठमाडौंमा आज सफाइ कर्मचारीको कोरोना परीक्षण गरिँदै

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम हुन नदिन महानगरपालिकाले कोरोना परीक्षणलाई निरन्तरता दिएको छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं - काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम हुन नदिन महानगरपालिकाले कोरोना परीक्षणलाई निरन्तरता दिएको छ।

बिहीबार कालीमाटी तरकारी बजार विकास समितिमा कार्यरत कर्मचारी, थोकबिक्रेता, मजदूर तथा चालक गरी एक हजार ३४ को परीक्षण गरिएको थियो। ती मध्ये ७०० जनाको आरडिटी र ३३४ जनाको पीसीआर परीक्षण गरिएको हो। आरडिटी गरिएकामध्ये चार जनाको नतिजा पोजेटिभ देखिएको र पीसीआरको नतिजा आउन बाँकी रहेको महानगर जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास बज्राचार्यले जानकारी दिए।

सफाइ क्षेत्रमा काम गर्ने कर्मचारीको आज परीक्षण गरिरहेको महानगरपालिकाले जनाएको छ। सफाइ कर्मचारी र फोहरमैला संकलन गर्नेहरुको आरडिटी र पीसीआर दुवै विधिबाट परीक्षण गर्न लागिएको हो। महानगरका ९५० कर्मचारी सफाइ क्षेत्रमा कार्यरत छन् । अहिले उनीहरुको टेकुमा आरडिटी र पीसीआरका लागि स्वाब संकलन भइरहेको छ।

संक्रमणको पहिचान गरी थप सुरक्षित बन्नका लागि क्रमशः जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सञ्चारकर्मीको परीक्षण गर्ने तयारी भएको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए।

प्रकाशित: May 15, 2020| 16:28 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।