आइतबार, भदौ ७, २०८३

यसपालि 'मेरो' हैन, नेपाल सरकार

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन्।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन्। सरकारको तर्फबाट राष्ट्र प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ। यस क्रममा राष्ट्रपति भण्डारीले 'यो सरकार', 'नेपाल सरकार' भन्ने शब्दावली प्रयोग गरेकी छन्।

गत वर्ष राष्ट्रपति भण्डारीले संसद्मा सरकारको नीति तथा कार्यक्रम वाचन 'मेरो सरकार' भनेपछि विवादमा तानिएकी थिइन्।

२६ पेजको नीति तथा कार्यक्रम वाचन गर्दा उनले नेपाल सरकार नभनेर बारम्बार 'मेरो सरकार' भनेकी थिइन् । राष्ट्रपतिको भाषण सुरु हुनेबित्तिकै यस विषयमा सामाजिक सञ्जालमा गरमागरम बहस सुरु भएको थियो। कतिपय सांसदले संसद् बैठकमै सामाजिक सञ्जालमार्फत् असन्तुष्टि व्यक्त गरेका थिए।

कांग्रेस सांसद गगन थापाले 'म त नेपाल सरकार (जनताको सरकार) को नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त महामहिमज्यूको निजी सरकारको कार्यक्रम घोषणा भइरहेको छ' भन्दै ट्वीट गरेका थिए।

२०६५ जेठ १५ गते गणतन्त्र घोषणा हुनु अघिसम्म मुलुकमा राजतन्त्र थियो। राजा नै राष्ट्रप्रमुख हुन्थे। त्यसैले त्यतिबेला श्री ५ को सरकार भनिन्थ्यो । राजाले संसदमा नीति तथा कार्यक्रम वाचन गर्दा 'मेरो सरकार' शब्द प्रयोग गर्थे ।

पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकले २०६३ जेठ ४ मा श्री ५ को सरकार खारेज गरी नेपाल सरकार नामकरण गरेको थियो। त्यसपछिको गणतान्त्रिक शासनको पहिलो राष्ट्रपति रामवरण यादव र दोस्रो राष्ट्रपतिका रूपमा वर्तमान राष्ट्रपति भण्डारी हुन्।

पहिलो राष्ट्रपति यादवले भने 'मेरो सरकार' नभनेर 'नेपाल सरकार' 'वर्तमान सरकार' भनेका थिए। राष्ट्रपति भण्डारीले पहिलो पटक गत वर्ष 'मेरो सरकार' शब्दावली प्रयोग गरेकी हुन् ।

तीव्र आलोचना भएपछि अन्तर्राष्ट्रिय अभ्यासको उदाहरण दिँदै सरकारले त्यसको बचाउ गरेको थियो। प्रधानमन्त्री केपी ओलीले बेलायतको उदाहरण दिँदै रानीले संसदमा सम्बोधन गर्दा सभामुखको कुर्सीभन्दा माथि बस्ने बताएका थिए।

प्रकाशित: May 15, 2020| 16:30 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।