आइतबार, भदौ ७, २०८३

सीमामा अलपत्रलाई गौरीफन्टा नाकाबाट भित्र्याइँदै

सीमावर्ती भारतीय सहर पलियाको क्वारेन्टाइनमा रहेका तथा अलपत्र परेका नेपालीलाई आजै गौरीफन्टा नाका भएर नेपाल भित्र्याइने भएको छ। करिब डेढ महिना देखि क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

धनगढी - सीमावर्ती भारतीय सहर पलियाको क्वारेन्टाइनमा रहेका तथा अलपत्र परेका नेपालीलाई आजै गौरीफन्टा नाका भएर नेपाल भित्र्याइने भएको छ। करिब डेढ महिना देखि क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले नेपालीहरु भित्र्याउने तथा सुरक्षित रुपमा घरसम्म पुर्‍याउने बारे छलफल भैरहेको जानकारी दिए। ‘सीमामा अलपत्रहरुको विवरण संकलन गर्ने काम भैरहेको छ’, जोशीले भने, ‘सीमामा स्वास्थ्य परीक्षण गर्ने तथा सुरक्षित रुपमा कसरी घरसम्म पुर्‍याउने भन्ने विषयमा छलफल भैरहेको छ।’

जोशीका अनुसार पलियाको क्वारेन्टाइनमा चार सय ७२ जना रहेको तथ्यांक छ। क्वारेन्टाइनवाहेक अलपत्र अवस्थामा अरु पनि हुन सक्ने अनुमान छ। सीमामा अनिवार्य स्वास्थ्य परीक्षण गरिने र घर पठाउन सम्बन्धित स्थानीय तहसँग समन्वय गरिने जोशीले जानकारी दिए। पलियामा रहेकामा सुदूरपश्चिमवाहेक अन्य प्रदेशका नागरिकसमेत रहेको बुझिएको छ।

प्रकाशित: May 15, 2020| 15:30 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।