आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् बैठकमा मास्क अनिवार्य, पीसीआर टेस्ट नगराएकालाई प्रवेश निषेध

संसद् बैठकमा मास्क अनिवार्य, पीसीआर टेस्ट नगराएकालाई प्रवेश निषेध

कोरोना भाइरस संक्रमणको जोखिमका कारण बैठकमा सहभागी हुने सांसदका लागि आज विशेष सूचना जारी गरिएको छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले केही बेरमा संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण बैठकमा सहभागी हुने सांसदका लागि आज विशेष सूचना जारी गरिएको छ।

संघीय संसदको सचिवालयले बैठकमा सहभागी हुने सम्पूर्ण सांसदलाई भवनमा प्रवेश गर्दा र बैठक चलिरहँदा मास्क अनिर्वाय रुपमा प्रयोग गर्न भनेको छ।
यसैगरी, पीसीआर टेस्ट नगराएका सांसदहरुलाई बैठकमा सहभागी हुन रोक लगाइएको छ।

अहिलेसम्म प्रतिनिधिसभाका सात र राष्ट्रियसभाका दुई जना सांसदको पीसीआर टेस्ट भएको छैन। सचिवालयका अनुसार केही दिनअघि  सांसदहरूकाे पीसीआर टेस्ट गर्दा उनीहरू गृहजिल्ला पुगेका थिए। यी सांसदहरू आजकाे बैठकमा सहभागी हुन पाउने छैनन्।

प्रकाशित: May 15, 2020| 15:11 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।