आइतबार, भदौ ७, २०८३

भारतबाट एकै रातमा भित्रिए ८ सय १९ नेपाली

लामो सयमदेखि भारतीय क्वारेन्टाइनमा रहेका आठ सय १९ नेपाली गएराति (बिहीबार) नेपाल भित्रिएका छन्।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं- लामो सयमदेखि भारतीय क्वारेन्टाइनमा रहेका आठ सय १९ नेपाली गएराति (बिहीबार) नेपाल भित्रिएका छन्।

बिहीबार मध्यरातमा बाँकेका विभिन्न नाकाबाट उनीहरुलाई नेपाल भित्र्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिए। नेपालीहरु सीमावर्ती भारतीय क्वारेन्टिनमा करिब डेढ महिनादेखि कष्टपूर्ण रुपमा बसेका थिए। 

प्रजिअ खड्काका अनुसार दुवै देशको सहमतिमा उनीहरुलाई नेपालगन्ज र अन्य सहायक नाकाबाट ल्याइएको हो। नेपालगन्ज नाकाबाट ६ सय ८८, नरैनापुरको भगवानपुर नाकाबाट ८९ र डुडुवा गाउँपालिकाको खडैचा नाकाबाट ४२ जनालाई भित्र्याएको खड्काले जानकारी दिए।

बाँके र बर्दिया घर भएकालाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टिनमा र अन्य जिल्लाका लाई नेपालगन्ज भन्सार कार्यालयको यात्रु शाखाको कम्पाउण्डमा राखिएको छ। सम्बन्धित जिल्ला प्रशासनसँग समन्वय गरेर उनीहरुलाई पठाइने खड्काले बताए।

सीमा आसपास अलपत्र परेका दुबै देशका नागरिकको उद्धार गरि आ–आफ्नो देशमा जान दिने सहमति भएको थियो। उक्त सहमति अनुसार एक हजार चार सय बढी भारतीयलाई पनि पठाइएको छ।

नेपाल प्रवेश गरेका सबैको आरडीटी जाँच शुरु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। नेपाली सेनाले स्थापना गरेको टेन्टमा आरडीटी जाँच गरिँदैछ।

लकडाउनका कारण सीमावर्ती क्षेत्रमा हजारौँ नेपाली अलपत्र अवस्थामा छन्।

कोरोना संक्रमित हुनेमा अधिकांश रातीको समयमा लुकिछिपी नेपाल भित्रिएकाहरु रहेकाले सीमामा अलपत्रलाई व्यवस्थित रुपमा स्वदेश ल्याउनुपर्ने चौतर्फी आवाज उठिरहेको छ।

प्रकाशित: May 15, 2020| 14:45 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।