आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालिकामाथि यौन शोषणको आरोपमा धनकुटामा दुई जना पक्राउ, शिक्षक र अर्का एक फरार

बालिकामाथि यौन शोषणको आरोपमा धनकुटामा दुई जना पक्राउ, शिक्षक र अर्का एक फरार

काठमाडौं– धनकुटामा एक १३ वर्षीया बालिकामाथि यौन शोषण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरको छ। पक्राउ पर्नेमा धनकुटा नगरपालिका–६ का गौरी अत्री र सिरान बजारका देवेन्द्र श्रेष्ठ छन्। अरु दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं– धनकुटामा एक १३ वर्षीया बालिकामाथि यौन शोषण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरको छ। पक्राउ पर्नेमा धनकुटा नगरपालिका–६ का गौरी अत्री र सिरान बजारका देवेन्द्र श्रेष्ठ छन्। अरु दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी ध्रुवकुमार श्रेष्ठका अनुसार उनीहरूविरुद्ध बालिकाका आफन्तले बिहीबार उजुरी दर्ता गरेपछि शुक्रबार बिहान पक्राउ गरिएको हो।

बालिकालाई ललाईफकाई यौन शोषण गर्दै आएको भनी बालिकाका परिवारले खत्री, श्रेष्ठसहित गोकुण्डेश्वर माविका शिक्षक मदन अधिकारी र कचिडेका भक्तबहादुर मगरविरुद्ध उजुरी दिएको श्रेष्ठले जानकारी दिए।

अधिकारी र मगरको खोजी भइरहेको प्रहरीले जनाएको छ। अधिकारी अखिल नेपाल शिक्षक संगठनको प्रदेश १ महासचिव हुन्। श्रेष्ठ सिरानबजारमा खाजा पसल सञ्चालन गर्दै आएका छन्। खत्री पनि व्यवसायी हुन्।

उनीहरुले लामो समयदेखि बालिकालाई ललाईफकाई गर्दै यौन शोषण गर्ने गरेको परिवारले दिएको उजुरीमा उल्लेख छ। जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा बालिका गर्भवती भएको खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 15, 2020| 13:23 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।