आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसमा लगानी, पूर्वाधार र रोजगारसम्बन्धी विशेष समिति

कांग्रेसमा लगानी, पूर्वाधार र रोजगारसम्बन्धी विशेष समिति

नेपाली कांग्रेसले ‘लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण : दिगो परियोजना विशेष समिति’ गठन गरेको छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं- नेपाली कांग्रेसले ‘लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण : दिगो परियोजना विशेष समिति’ गठन गरेको छ।

केन्द्रीय समितिले कोरोना भाइरसका कारण देशका विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरी आवश्यक कार्य गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेबमोजिम सभापति शेरबहादुर देउवाले ‘लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति’ गठन गरेका हुन्।

समितिलाई कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारका क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीतिबारे आवश्यक अध्ययनपछि पार्टीको ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ सुझाव दिने जिम्मेवारी तोकिएको छ।

यस्तै समितिले दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारका क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्नेछ।

विनोद चौधरीको संयोजकत्वमा गठित समितिमा दीपक खड्का, उमेश श्रेष्ठ, इन्द्र बानियाँ, टेकबहादुर गुरुङ र कर्मा घले
सदस्य छन्।  यस्तै अन्य सदस्यमा जिपछिरिङ लामा, छत्र गिरी, श्री सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी छन्।

समिति सदस्यमा अनिल रुंगटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा सदस्य छन्।
समितिको संख्या २१ मा नबढ्ने गरी थप गरिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

 

प्रकाशित: May 15, 2020| 13:20 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।