आइतबार, चैत ८, २०८२

मन्त्रालयको आग्रहपछि काममा फर्किए बीपी प्रतिष्ठानमा आन्दोलनरत स्वास्थ्यकर्मी

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपिडीसहितका सबै उपचार सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी एक सातापछि काममा फर्किएका छन् ।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

सुनसरी- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपिडीसहितका सबै उपचार सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी एक सातापछि काममा फर्किएका छन्। 

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिको धेरै माग पूरा भएको र बाँकी पूरा हुने प्रक्रियामा रहेको जानकारी गराएपछि स्वास्थ्यकर्मी नियमित काममा फर्केका हुन्। योसँगै आजैदेखि ओपिडीसहितका अन्य सेवाहरू पनि सुचारु भएको छ।

संघर्ष समितिका सदस्य डा. पदम नेपाललीले स्वास्थ्य मन्त्रालयसहित सबै पक्षबाट अनुरोध भएका कारण ओपिडीसहितका सबै सेवाहरू सञ्चालनमा आएको बताए। उनले उपकुलपतिसहितका पदाधिकारीको कार्यकक्षमा लागेको तालाबन्दी भने यथावत रहेको प्रष्ट पारे। साथै, पदाधिकारीहरू चढ्ने गाडीको चाबी नियन्त्रण पनि यथावत रहने उनले बताए।

उच्चस्तरीय कार्यदलको प्रतिवेदन र मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन गर्न सरकारले ढिलासुस्ती गरेपछि आन्दोलनरत पक्षले एक साताअघिदेखि इमर्जेन्सी र कोभिड अस्पतालबाहेक सबै सेवा बहिष्कार गरेको थियो। उनीहरूले नियमित सेवा ठप्प पारेर एक सातादेखि उपकुलपति कार्यालय अगाडि विरामीलाई बाहिरैबाट सेवा दिएका थिए।

सहमति पुनः कार्यान्वयनमा ढिलासुस्ती भएमा कडा आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ। न्युजकारकाखाना

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 12, 2021| 16:48 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्