काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ०९ः०५ बजे बैठक सुरु भएको हो।
बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव बिष्णु पौडेल, रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा र प्रवक्ता नारायणकाजी श्रेष्ठको उपस्थिति छ।
बैठकमा सरकारले शुक्रबार संसदमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे तथा स्थगित भएको स्थायी कमिटी बैठकबारे छलफल हुने बताइएको छ।
पछिल्लो समय नेकपाको स्थायी कमिटी बैठक लगातार स्थगित भइरहेको छ। पछिल्लो पटक वैशाख ३१ गते बोलाइएको बैठक स्थगित भएको थियो। त्यसअघि वैशाख २५ गते बोलाइएको बैठक पनि बस्न सकेको थिएन।