आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, अवस्था भयावह हुनसक्ने

विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, अवस्था भयावह हुनसक्ने

बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं-  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्।

बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

कक्स बजार नजिकैको यो शिविरमा साँघुरा गल्ली, भीडभाड, पानीको सीमित उपलब्धताका कारण कोरोना भाइरसबाट बच्ने उपाय पालन गर्न निकै गाह्रो छ।

बांग्लादेशमा सेभ द चिल्ड्रेन्स हेल्थकी निर्देशक डा शमीम जहाँका अनुसार कक्स बजारको शरणार्थी शिविरमा कोरोना भाइरस फैलिएपछि हजारौंको ज्यान जाने खतरा देखिएको छ। उनले भनेकी छन्, ‘यो महामारीले बांग्लादेशलाई दशकौं पछाडि धकेल्न सक्छ।’

कक्स बजारमा प्रति वर्ग किलोमिटर क्षेत्रभित्र ४० देखि ७० हजार मानिसको बसोबास छ।

बर्मामा रोहिंग्या मुसलमानमाथि सैनिक अत्याचार हुन थालेपछि लाखौं रोहिंग्या विभिन्न देशमा शरणार्थी छन्। यसमध्ये सबैभन्दा धेरै बांग्लादेशमा छन्।

प्रकाशित: May 15, 2020| 10:10 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।