आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा ११, ६५३ को कोरोना जाँच, १८ संक्रमित सबैको अवस्था सामान्य

प्रदेश १ मा ११, ६५३ को कोरोना जाँच, १८ संक्रमित सबैको अवस्था सामान्य

प्रदेश १ मा ११ हजार ६ सय ५३ जनाको कोभिड–१९ को जाँच भएको छ । मेसिनबाट स्वाब लिएर गरिने पिसिआर जाँचबाट २ हजार ९ सय १९ जनाको परीक्षण भएको छ भने कोभिड–१९ टेस्ट किटबाट गरिने द्रुत परीक्षण ८ हजार ९ सय ३३ जनाको भएको छ ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

प्रदेश १ मा ११ हजार ६ सय ५३ जनाको कोभिड–१९ को जाँच भएको छ । मेसिनबाट स्वाब लिएर गरिने पिसिआर जाँचबाट २ हजार ९ सय १९ जनाको परीक्षण भएको छ भने कोभिड–१९ टेस्ट किटबाट गरिने द्रुत परीक्षण ८ हजार ९ सय ३३ जनाको भएको छ ।

पिसिआर टेस्ट धरानमा एक तथा विराटनगरमा दुई स्थानमा हुँदै आएको छ भने प्रदेश १ का १४ जिल्लाका १३७ स्थानीय निकाय सबैमा द्रुत परीक्षण भएको प्रदेश सरकार मुख्यमन्त्री कार्यालय मातहतमा राखेको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

प्रदेश १ मा ३५ जनाको कोरोना पुष्टि भएको थियो । १७ जना उपचारपछि घर फर्केका छन् भने १८ जनाको उपचार भइरहेको छ । प्रदेश १ सरकारले गत चैत्र २१ गते नेसनल साल्ट ट्रेडिङको विराटनगर १० मा बनाएको कोभिड–१९ अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य रहेको उपचारमा संलग्न डाक्टर दीपक सिग्देलले बताए।

सिग्देलका अनुसार ५ भेन्टिलेटर र ५० बेड क्षमताको अस्पतालमा अहिलेसम्म कुनैपनि बिरामीहरु भेन्टिलेटरमा राख्नु परेको छैन ।

प्रदेश सरकारले गत चैतमा निर्माण गरेको कोरोना जनसुरक्षा कोषमा बिहीबारसम्म २९ करोड २६ लाख ५० हजार ८ सय ६३ रुपैयाँ जम्मा भएको छ । खर्च निकासा कट्टा गरी जम्मा बाँकी हुन आउने रकम १४ करोड १७ लाख ५० हजार ७ सय १३ रुपैयाँ रहेको कोरोना सूचना डेस्कका सदस्य तथा मुख्यमन्त्रीका प्रेस संयोजक ध्रुव सुवेदीले नेपाल समयलाई जानकारी दिए ।

प्रकाशित: May 15, 2020| 08:05 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।