शनिबार, साउन १६, २०८३

२४ घण्टामा ९११ कोरोना संक्रमित थपिए, साढे १० हजारले लगाए खोप

यस्तै पछिल्लो २४ घण्टामा १० हजार चार सय ४९ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन्। हालसम्म पहिलो डोज ५७ लाख ७३ हजार ६१२ र पूर्ण मात्रामा खोप लगाउनेको संख्या ५१ लाख ६६ हजार ६८९ पुगेको छ।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ९११ जनामा कोरोनााभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ११ हजार १८ नमुना परीक्षण गर्दा ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

७ हजार ८ सय ७८ जनाको पीसीआर नमुना परीक्षण गर्दा ८३८ जनामा र तीन हजार एक सय ४० एन्टिजेन नमुना परीक्षण गर्दा ७३ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै देशभर सक्रिय संक्रमितको संख्या २६ हजार सात सय ५७ जना छन्। 

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या एक हजार चार सय २३ रहेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १३ जनाले ज्यान गुमाएका छन्। 

यस्तै पछिल्लो २४ घण्टामा १० हजार चार सय ४९ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन्। हालसम्म पहिलो डोज ५७ लाख ७३ हजार ६१२ र पूर्ण मात्रामा खोप लगाउनेको संख्या ५१ लाख ६६ हजार ६८९ पुगेको छ। 

प्रकाशित: Sep 12, 2021| 16:37 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्