आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डिजेलमा पानी मिसाउने पेट्रोल पम्पलाई दुई लाख जरिवाना

डिजेलमा पानी मिसाउने पेट्रोल पम्पलाई दुई लाख जरिवाना

भक्तपुरको मध्यपुर थिमि नगरपालिका १, लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टरलाई कारवाहीस्वरुप रु. दुई लाख जरिवाना गरिएको छ ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

भक्तपुरको मध्यपुर थिमि नगरपालिका १, लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टरलाई कारवाहीस्वरुप रु. दुई लाख जरिवाना गरिएको छ ।

गत वैशाख १८ गते पम्पले उपभोक्तालाई पानी मिसिएको डिजेल बिक्री गरेको गुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संयुक्त रूपमा अनुगमन गरी पम्प बन्द गरेका थिए।

गुणस्तर विभागमा पठाइएको नमूना परीक्षणमा पानी मिसिएको भेटिएपछि उक्त सेन्टरलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहीस्वरुप रु. दुई लाख जरिवाना गरिएको विभागका अनुगमन निरीक्षक दीपकराज पोखरेलले जानकारी दिए। उनका अनुसार विभाग र आयल निगमले उक्त सेन्टरलाई छुट्टाछुट्टै कारवाही गर्नेछन् ।

उता, सर्जिकल सामग्रीमा बढी मूल्य लिएको र अनुगमनका क्रममा खरीद बिल नदेखाएको भन्दै त्रिपुरेश्वरस्थित क्रान्ति सर्जिमेडलाई रु. २० हजार जरिवाना गरिएको छ ।
रासस

प्रकाशित: May 15, 2020| 07:00 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।