आइतबार, भदौ ७, २०८३

 शुक्रबार राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने

भोलि (शुक्रबार) अपराह्न ४ बजे विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन्।  
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

काठमाडौं- भोलि (शुक्रबार) अपराह्न ४ बजे विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन्।  

राष्ट्रपति भण्डारीले पूर्वनिर्धारित तालिका अनुसार शुक्रबार सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने भएकी हुन् ।

कार्यसूची अनुसार संघीय संसद सचिवालयले सबै तयारी पुरा भएको जनाएको छ ।

सचिवालयका अनुसार विश्व स्वास्थ्य संगठनले निर्देशीत गरेका सबै मापदण्ड पुरा गरी, स्वास्थ्य टोलीको सुझाव अनुसार दुरी कायम गरेर बसाई ब्यबस्थापन मिलाइएको छ ।

संसदको नियमित रिपोर्टींमा रहने सञ्चारकर्मीका लागि ल्होत्सेहलमा बस्ने व्यबस्था मिलाईएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ २ गते  अपराह्न चार बजे सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

प्रकाशित: May 14, 2020| 21:05 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।