आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्रकको ठक्करबाट धनुषामा स्टाफ नर्सको मृत्यु, तीन घाइते

ट्रकको ठक्करबाट धनुषामा स्टाफ नर्सको मृत्यु, तीन घाइते

धनुषामा ट्रकको  ठक्करबाट एक महिलाको मृत्यु भएको छ उनका दुई सन्तान र भाइ घाइते भएका छन्।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

जनकपुरधाम- धनुषामा ट्रकको  ठक्करबाट एक महिलाको मृत्यु भएको छ उनका दुई सन्तान र भाइ घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिथिला नगरपालिकाका–१० पुष्वलपुरमा ट्रकले ठक्करदिँदा मोटरसाइकलमा सवार जनकपुरधाम उपमहानगरपालिका–१९ जमुनिया बस्ने २५ वर्षीया चन्द्ररेखा यादवको मृत्यु भएको हो ।

मृतक चन्द्ररेखा पुष्वलपुर स्वास्थ्य चौकीमा स्टाफ नर्स थिइन् ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक चन्द्ररेखाका भाइ सिद्धार्थ यादव, दुई वर्षीय छोरा र ४ वर्षीया छोरी घाइते भएका छन्।

घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

दिगम्बरपुरको बाटोहुँदै राजमार्गको पुष्वलपुर चोबाट पूर्वतर्फ जाने क्रममा बा ५२ प ८७४८ नम्बरको मोटरसाइकललाई कुखुराको दाना बोकेर इटहरीबाट जनकपुरतर्फ आइरहेको को १ ख २६२७ नम्बरको ट्रकले ठकरदिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ठकर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित: May 14, 2020| 20:55 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।